काठमाडौं, २२ साउन -कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले शान्ति, सुरक्षाको माग गर्दै मंगलबार राजधानीमा प्रदर्शन गरेको छ ।
माइतीघर मण्डलामा गरिएको विरोध र्यालीमा महिला र बालबालिकामाथि श्रृङ्खलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहँदा पनि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएका छन् ।
बबरमहलबाट सुरु भएको विरोध र्याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रर्दशनकारीहरुले सरकार विरुद्ध चर्का नाराबाजी गर्दै महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।