सन्तोष गुरुङको ‘जिन्दगी घुमाउरो बाटो जस्तो’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २६ साउन —  गायक तथा संगीतकार सन्तोष गुरुङको निर्देशनम यो ‘जिन्दगी घुमाउरो बाटो जस्तो’ गीत सार्वजनिक भएको छ ।क्यानभासप्लस मल्टीमिडियाले उत्पादन गरेको म्युजिक भिडियोको सम्पादन गायक तथा निर्देशक गुरुङले नै गरेका छन् ।

हाईलाईट नेपाल मार्फत सार्वजनिक गरिएको गीतमा लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गीतमा नेपाली ताराको टप टेनमा पर्न सफल झापाली गायक तारा लक्सम लिम्बुले स्वर दिएका छन् भने संगीत दिपेन याक्थुम्बाको रहेको छ ।

रोशन श्रेष्ठले छायांकन गरेका भिडियोमा रेखाफागु लिम्बू, बिक्की कार्की, निरुता लिम्बू र गीतकार वाङ्गचु लेप्चाको अभिनय रहेको छ ।मोटरसाइकल ग्यारेजमा मेकानिकलका रुपमा कार्यरत युवाकी प्रेमिका धन र रवाफको पछि कसरी दौडिन्छिन भन्ने सन्देश बोकेको रोमान्टिक म्यूजिक भिडियो रहेकाे छ ।

गुरुङले निर्देशन गरेको भिडियोमा मेकानिकल युवाकी प्रेमिका पवित्र प्रेमलाई लत्याएर कारमा सवार ‘हाइफाइ’ युवाको मायाजालमा फसेको कथा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । भिडियोको अन्त्यमा गरिएको अभिनयलाई निर्देशक गुरुङले अमर प्रेमको भावलाई मजाले झल्काएको छन् ।

कथाकार वाङ्गचु लेप्चा (सुमन) ले समाजका हरेक क्षेत्रलाई समेटेर बिभिन्न लेख, कथा, गित साहित्य लगायत क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार