काठमाडौं, २९ साउन — काठमाडौंको सतुंगल स्थित पुल नजिकै बम भएको आशंका गरिएको छ । काठमाडौं सतुंगलमा बमको आशंकासँगै सवारी साधन अस्तब्यस्त भएकाछन् ।
बम भएको नभएको पत्ता लगाउन सुरक्षाकर्मी को बम डिस्पोजल टोली अहिले घटनास्थलमा आइपुगेको छ । आज बिप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको छ । उपत्यकामा सम्पुर्ण विद्यालय भने बन्द रहेकाछन् ।
हेटौँडामा नयाँ बसमा आगजनी
नेपाल बन्दलाई सफल पार्ने नाममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ । मंगलबार विहान ६ बजे नेकपाका कार्यकर्ताले नयाँ बसमा आगजनी गरेका हुन् ।
आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो । भन्सार छुटाएर काठमाडौं लैजाँदै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको छ ।