काठमाडौं, ३० साउन – सरकारले एनसेलको सेयर बिक्रीपछिको पुँजीगत लाभकर असुलीका लागि नयाँ प्रक्रिया शुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ ।
एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरिक्षण गरी त्यसबाट निस्कने मुल्यमा सरकारले लेखापरीक्षण प्रक्रिया अघि बढाईसकेको छ ।
व्यवस्थापिका ससदको अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलसहित अन्य ठूला कम्पनीको समेत लेखापरीक्षण गरी कर लगउने तयारी भएको बताए । – कान्तिपुर दैनिक