महामन्त्री खड्काको संयोजकत्वमा विद्यान संशोधन मस्यौदा समिति गठन

काठमाडौं, ७ भदौ  – महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा नेपाली कांग्रसेले विद्यान संशोधन मस्यौदा समिति गठन गरेको छ ।मुलुकको नयाँ संघीय संरचना अनुसार आवश्यक संशोधन र परिमार्जन गर्नका लागि आज ११ समिति गठन गरेको हो ।

विद्यान संशोधन मस्यौदा समिति सदस्यमा, विमेलेन्द्र निधि, फरमुल्लाह मसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्र प्रसाद बडु, महालक्ष्मी उपाध्यया, आनन्द प्रसाद ढुंगाना, नविन्द्रराज जोशी, सिता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक रहेका छन् ।

गत वैशाख १६ गतेको निर्णय अनुसार विद्यान २०१७ (संशोधित र मरिमार्जित)को धारा २२ (५) बमोजिम पार्टी विद्यान संशोधन समिति गठन गरेको कांग्रेसले जनाएको छ । ।

गठित समितिले पार्टी सभापति शेर बहादुर देउवासँग परामर्श गरी कार्यविधि गर्ने का‌ंग्रेसले बताएको छ । समितिका संयोजकले आवश्यकता अनुसार व्यक्ति तथा संस्थालाई पनि आमन्त्रण गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार