निर्मला पन्तको हत्या प्रकरण आन्दोलनमा प्रहरीको गोली लागेर बालकको मृत्यु

भीम रावलकोे अभिव्यक्ति विरुद्ध प्रदर्शन

काठमाडौं, ९ भदौ — कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा शनी खुना रहेकाछन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख कुवेर कडायताका अनुसार घाइते हुनेमा कमिन्द्र सिंह, सुरेश चटौत, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट छन् । घाइतेहरुको कञ्चनपुरस्थित स्थानीय अस्पताल र केहीको धनगढीमा उपचार भइरहेको छ ।

सरकारले गृह सहसचिवको नेतृत्वमा छानविन टोली पठाएर आन्दोलन मत्थर पार्ने  र बलात्कारपछिको हत्या घटनालाई ढाकछोप गर्ने प्रपञ्च रचेको दाबी सहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा एक जना बालकको मृत्यु भएको हाे ।

शुक्रबार महेन्द्रनगरबासीलाई उत्तेजित बनाउन स्थितिको गाम्भिर्यता नबुझि बोल्ने नेकपाका नेता भीमबहादुर रावलको बिहानको अभिव्यक्ति काफी थियो । रावलले बलात्कार र हत्या काण्डलाई काँग्रेस निकट केही व्यक्तिहरु घटनाको छानबिन हुन नदिने, अराजकता सिर्जना गर्ने, आफ्नो स्वार्थ पूर्ति गर्न तल्लिन छन् भने ।

यसअघि केही मन्त्रीका आसेपासेले पनि सामाजिक सञ्जालमा टीकापुरबासीलाई उत्तेजित गर्ने गरी स्टाटस लेखेका थिए । रावलले स्थानीयलाई जानजान डोब्ने गरी आरोप लगाएपछि शुक्रबार प्रदर्शन दोहरिने प्रष्ट थियो । प्रदर्शन दोहरिए गोली हान्ने आदेश पाएको प्रहरीले छाती र टाउको ताकेर गोली हान्यो ।

प्रदर्शनकारी विद्यार्थीहरुरुरले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यासले हाने पनी  स्थिति नियन्त्रणमा नआएपछि गोली चलाएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले  बताए ।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै अान्दाेलन चर्काएका थिए ।

मैनाली नेतृत्वको समितिका पदाधिकारीहरू शुक्रबार बिहानै कञ्चनपुर पुगेर अनुसन्धान थालेका छन् । जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरूकाे परिवर्तन र उच्च स्तरीय छानबिन समितिको गठनपछि अान्दाेलन मथ्थर हुने अपेक्षा गरिएको थियो । यद्यपि, शुक्रबार अपरान्ह प्रहरीले गोली नै चलाउनु पर्ने स्थिति सिर्जना भयो ।

भीम रावलकोे अभिव्यक्ति विरुद्ध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावल विरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको छ । १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि टायर बालेर प्रदर्शन गरेका हुन्।

नेता भीम रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँबेरबहादुर कडायतले आन्दोलनलाई थप उग्र हुन नदिन ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको बताए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार