काठमाडौं, – बिमस्टेक सम्मेलनको समयमा उपत्यकामा अत्यावश्यक सेवा र सञ्चार गृहको सवारीसाधनमा जोरविजोर लागु नहुने भएको छ ।
गृह मन्त्रालयमा बसेको सुरक्षा महाशाखाको बैठकले यस्तो निर्णय गरेको हो । अत्यावश्यक सवारीसाधनमा एम्बुलेन्स, दमकल, अस्पताल, सञ्चार, पर्यटक बोकेका सवारीसाधन राखिएको छ ।
अत्यावश्यक सेवा, प्रेस र विमस्टेक सम्मेलनको पास नभएका सवारी साधनको हकमा भने भदौ १३, १४ र १५ गते जोरविजोर प्रणाली लागु हुनेछ। पत्रकारलाई सूचना विभागको कार्ड भने अनिवार्य गरिएको छ ।