राष्ट्रियसभा समितिका सभापतिमा थापा, गुरुङ र बिंडारी निर्विरोध

काठमाडौँ – राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ ।  विषयगत समितिमा बुधबार बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो ।

सोअनुसार सभापतिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिंडारी निर्विरोध निर्वाचित भएका हुन् ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार