नेपाल ओमानसँग ७ विकेटले पराजित

काठमाडौं, १३ भदौ — मलेसियामा जारी एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपाललाई ओमानले ७ विकेटले हराएको छ। किनरा ओभल मैदानमा नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले १२ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर जित हात पारेको हो।

श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो । प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, ओमान, हङकङ, सिंगापुर र युनाइटेड अरब इमिरेट्स युएई छन् ।

प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । विजेता टोलीले सेप्टेम्बर १५ बाट युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले लिग चरणमा बिहिबार युएईविरुद्ध, शनिबार आयोजक मलेसिया, आइतबार सिंगापुरविरुद्ध र अन्तिम खेल आगामी मंगलबार हङकङविरुद्ध खेल्नेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार