जीएमई रेमिट माछापुच्छ्रे बैंकको सुपर एजेण्ट नियुक्त

माछापुच्छ्रे बैंकले जीएमई रेमिट प्रालिलाई आफ्नो सुपर एजेण्टको रुपमा नियुक्त गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमई रेमिट प्रालिका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलले हस्ताक्षर गरे ।

सम्झौता पश्चात एमबिएल रेमिटको भुक्तानी जीएमईका सात हजारभन्दा बढी एजेण्टहरुबाट हुने भएको छ । साथमा जीएमईको भुक्तानी पनि माछापुच्छ्रे बैंकका सबै शाखाहरुबाट हुने भएको छ ।

यो सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र एमबिएल रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु तथा जीएमईका एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार