लोक तथा दोहोरी गायिका मन्जु गौतम विगत एक दशक देखि लोक तथा दाहोरीको क्षेत्रमा निरन्तर लागि रहनु भएको छ । उहासंग लिलाखबर सहकर्मि सुबु लामिछानेले गर्नु भएकोे तिज बिशेष भलाकुसारी ।
-लिलाखबर अनलाइनमा तपाईलाई स्वागत छ ?
धन्यवाद लिलाखवर र बिशेष गरी तपाईलाई ।
-तिज नजिकिदाका दिनहरु कसरी वितिरहेका छन् तपाईका ?
तिजको माहोलहरु एकदमै आइरहेको छ दर खाने प्रोग्राम र विशेष गरी स्टेज प्रोगाममा बढि व्यस्त छु । यस्तै बितिरहेका छन् मेरा तिजका दिनहरु नयाँ गीतहरु निकाल्ने र स्वर दिने गरिरहेकी छु ।
-तपाई कहिले देखि लाग्नु भयो यो लोकदोहोरी क्षेत्रमा ?
सानै देखि गाउँघरमा गीत गाउने वनपाखामा स्कुलमा गाउने गर्थे र सर म्यामहरुले एकदमै राम्रो छ स्वर भन्नु हुन्थ्यो । पछि म काठमाण्डौं आए र यहाँ गीत संगितको त शहर नै रहेछ भन्ने थाहा भयो । यता दोहोरी साझ हुन्थ्यो । मन्दिरबाट ठ्लो अवसर पाए गीत संगित सिक्ने । म २०६५ देखि यस क्षेत्रमा निरन्तर लागि नै रहेकी छु ।
-पहिलो पटक काठमाण्डौं आएर गित गाउदा कस्तो लागेको थियो ?
पहिलो पटक यता आएर गीत गाउदा यहाँको र गाउमा धेरै नै फरक थियो । म गाउँमा हुर्केकी अनि गाउले लय आउथ्यो अलि अफ्ठारो नै भएको थियो । दोहोरी साझमा जाँदा कल्चर डे्स समेत लगाउन नआउने तर म भन्दा अग्रज दिदिहरुले लगाई दिनु हुन्थ्यो । मैले माइक समातेर गाँउघर तिर गाएकी थिइन । पहिलो चोटी माइक समातेर गाँउदा के हुन्छ लागेको थियो । तर म त्यती डराइन जति आफुलाई डर भइ रहेको थियो ।
-तपाईले यो क्षेत्रमा आउन कतिको संघर्ष गर्नु भयो ?
मैले एकदमै संघर्ष गरे यस क्षेत्रमा आउन । पहिले त के भन्छन् होला गाउँघरले भन्ने लाग्यो । फेरि काठमाण्डौं आँउदा गाँउ भन्दा एकदमै फरक पाए । मैले यता आएर झन बढी सर्घष गर्नु प-यो । जो कि मेरो लागि बिरानो थियो ।
-तपाईको पहिलो एल्वम् कहिले निकाल्नु भयो ?
मेरो गीतको पहिलो एल्वम् २०६५सालमा निकाले । त्यति खेर दोयट गाउनु पर्ने थियो । मैले पहिलो निकालेको एल्वम्मा मेरो मन परेको फुल खसेको तिमीलाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको मलाई यस गीतले मन्जु गौतम भनेर त्यती खेर चिनाएको थियो । यो गीतको एकदमै राम्रो रेस्पोन्स पनि आएको थियो ।
-औपचारिक रुपमा तपाईले संगित सिक्नु भयो कि भएन ?
मैले औपचारीक रुपमा डेढ दुई बर्ष जति सिके संगित तर अहिले पनि म संगितलाई घरमा निरन्तरता दिई रहेकी छु । संगित जो निरन्तरता दिन्छ उ सफल संगित क्षेत्रमा अगाडि बढ्छ ।
-तपाईले अहिले सम्म कति एल्वम् निकाल्नु भयो ?
मैले एल्वम् तिर निरन्तरता दिइन् म धेरै जसो स्टेज प्रोगाममा नै बढी जान्थे । त्यै पनि लगभग दर्जनौ भन्दा बढी एल्वम् निकालेकी छु र मेरा गीतहरु प्राय सबै स्रोता दर्शकले मन पराई दिनु भएको छ । मेरो स्टेज प्रोगामको लागि एकदमै माग गर्छन् दर्शकहरु त्यसैमा म खुसी छु ।
-तपाईले तिज गीतमा पनि स्वर दिनु भएको छ कस्ता किसिमका गीत गाउनु भएको छ र कति सम्म गाउनु भएको छ ?
मेलै गीत गाएकी छु र आठ नौ वटामा आफ्नै स्वर र आफैले निकालेकी छु भने अन्यका शब्दमा पनि स्वर दिएकी छु । यस पाली पनि झुमझुम झुमकाना बज्यो कानैको भन्ने गीत आएको छ मेरो गित ।
-तिज गीत कहिले देखि गाउन थाल्नु भयो ?
२०६५ को दुई बर्ष पछि लगभग म कन्टिन्यु नै तिज गीतमा लागि रहेकी छु । म बर्ष बर्ष आफ्नो तिज गीत सार्वजनिक गरिरहेकी हुन्छु ।
-तपाईले तिज गीत र लोक तथा दोहोरी गितमा कतिको फरक पाउनु भएको छ ?तिज गीत र लोक तथा दोहोरी गीतमा फरक छ ।
तिज गीत बिशेष गरी महिलाहरुको पर्वलाई फोकस गरेर निकाल्ने गरेको छ भने लोक दाहोरी लोक भाकालाई जहिले र जतिखेर नि निकाल्ने गर्छन् । तिज गीतमा महिला वेदना लुकेका हुन्छन् ।
-पछिल्लो समयमा तिज मनाउने चलन र परम्परा विकृतिहरु बढी रहेको छ यसमा तपाई के भन्नु हुन्छ ?
मेरो व्यक्तिगत हिसाबमा भन्नु पर्दा आफ्नो लगानी हो आफ्नो स्टाइलमा चल्नु पर्छ भन्ने सोच हुन्छ त्यै भएर हो जस्तो लाग्छ विकृति निम्तिएको । तर गित अहिले मागेको जस्तै चल्नु पर्छ भन्ने त्यो गलत हो । मौलिकतामा हुनु पर्छ सबै माझ बसेर हेर्न मिल्ने हुुनु पर्छ ।
-तिजको अवसर पारेर स्टेज प्रोगाममा विदेश तिर पनि जानु हुन्छ कि यसपालि के छ विचार ?
बाहिरी देश जाने नि कुरा भइरहेको छ तर फिक्स छैन । नेपालका विभिन्न क्षेत्रमा स्टेज प्रोगाम जानेछु गइरहेकी छु । अहिले पनि स्टेज प्रोग्रामबाट नै आइरहेकी छु ।
-तपाईले परिवारबाट कतिको सर्पोट पाउनु भएको छ ?
मरो बाबा हुनुहुन्न । आमा र हामी दिदिबहिनी र भाई छौ । मेरो दिदिहरु र आमाले एकदमै सर्पोट गनर्् भएको छ । मलाई आर्थिक सहयोग समेत गर्नु हुन्छ दिदिहरुले सजिलो भएको छ यस क्षेत्रमा ।
-तपाई गित संगित बाहेक अरु के गर्नु हुन्छ कि यसैमा व्यस्त हुनु हुन्छ ?
म गीत बाहेक विजनेस पनि गर्छु । मेरो बुटिकको विजनेस छ । र यसले गर्दा मलाई गीत संगितमा सजिलो भएको छ ।
-तपाईसंग भलाकुसारी गर्न पाउदा खुसी लाग्यो अन्तिमा के भन्न चाहानु हुन्छ ?
सर्व प्रथम तपाईलाई धेरै धेरै धन्यवाद मलाई मेरा कुरा अनलाइन मार्फत देशविदेशसम्म राख्न पाउने मौका दिनु भयो । निरन्तरता दिने मान्छे कहिले पछि पर्दैन । र मेरा गीतहरुलाई यसरी नै माया गरेर सुन्नु होला र आफ्नो मौलिकतालाई कहिले नभुल्नु होला भन्न चाहान्छु ।