स्वयम्भुमा पार्किङ गरेको गाडीभित्र भेटियो शव

काठमाडौं, २१ भदौ – राजधानीको स्वयम्भु हाईटमा पार्किङ गरेर राखिएको गाडीभित्र शव फेला परेको छ। यसरी बिहिबार बिहान स्वयम्भु हाइटमा पार्किङ गरेर भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछि खैलाबैला मच्चियो ।

स्थानीयले लगत्तै प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी वृत स्वयम्भुबाट प्रहरी टोली खटियो । स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको अवस्थामा प्राईभेट कारमा भेटिएको उक्त शव काठमाडौंको नैकाप बस्ने ३२ वर्षीय श्याम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ

बा. ७ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत स्वयम्भुले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार