नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अाज चीन जाँदै

काठमाडाैं, ३० भदाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चीन भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन् । चीनमा राखिएको ‘विश्व शान्ति दिवस’ कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड जान लागेका हुन् ।

प्रचण्डको यसअघि सेप्टेम्बर १७ मा चीन जाने तय भएपनि उनि शनिवार नै चीन जान लागेका हुन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण निजी भ्रमण भएको बुझिएको छ ।  भ्रमणका क्रममा प्रचण्डले कुन–कुन चिनियाँ नेतासँग भेट्ने भन्ने खुलाइएको छैन ।

प्रचण्डसँगै भ्रमणदलमा पत्नी सीता दाहाल, उनकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाल र एक जना सहयोगी सहभागी हुनेछन् । प्रचण्ड ३ असाजमा स्वदेश फर्किने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार