गोविन्दा आफ्नी छोरीसहित नेपाल आएका हुन्। उनकी श्रीमती भत्तपुरबासी नेपाली हुन्। यसैकारण गोविन्दालाई नेपालका ज्वाईं भनिएको हो । उनकाे श्रीमति भने विरामी भएका कारण अहिले आउन नपाएको गोविन्दाले बताए ।
गोविन्दा पनि नेपाललाई उत्तिकै माया गर्छन् । उनले नेपाल साहस र प्रेमको धर्ती भएको बताएका छन् । तीन दिने नेपाल बसाईका क्रममा गोविन्दाले पशुपतिनाथ मन्दिर दर्शन गर्ने र चन्द्रागिरी केबलकार पुग्ने सुनाए।
गोविन्दाले आफू नेपाली फिल्ममा अभिनय गर्न इच्छुक रहेको समेत बताएका छन् । अवार्ड वितरण समारोहमा गोविन्दाले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।
नेपाली राम्रोसंग बोल्न नजाने पनि सबै बुझ्ने बताउने गोविन्दाले थोरै थोरै नेपाली बोलेरै लठ्ठ पार्ने गर्दछन् । ९० दशकका सुपरहिट हिरो गोविन्दा बलिउडका कमेडी किङ नै मानिन्छन् ।