दशैंको लागि असोज ५ गतेबाट बसको अग्रिम टिकट बुकिङ

By onnnews

September 16, 2018

काठमाडौं, ३१भदाै- नजिकिदो दशैंलाई मध्यनजर गर्दै यहि असोज ५ गतेबाट  अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ ।यातयात व्यवस्था विभागमा आइतबार बसेको  बैठकमा यातयात व्यवसायीहरु अग्रिम टिकट बुकिङ खुल्ला गर्न सहमत भएका हुन् । बैठकमा व्यवसायीले गाडी भाडा समायोजन र समितिको बैंक खाता खोल्नुपर्ने शर्त राखेका थिए।

तर, विभागले बैक खाता खोल्न सम्वन्धित निकायलार्इ तत्कालै पत्र पठाएर सहजीकरण गर्ने र भाडा समायोजन चाडपर्व सकिने वित्तिकै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएपछि व्यवसायीले अग्रिम टिकट खोल्न तयार भएका हुन् ।

यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले असोज ४ गतेभित्र काउन्टर राख्ने र अनुगमनको मोडालिटी तयार पार्ने जानकारी दिए।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले आफ्ना माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि टिकट बुकिङ खुल्ला गर्न  सहमत भएको बताए।