फोरमले असोज ३ गते मनाइने संविधान दिवसको विरोध नगर्ने

काठमाडौं, १ असाेज – सरकारमै बसेर फोरमले संविधानको विरोधको नाटक नगर्ने र सरकारसंग संविधान संशोधनको सहमति भइसकेकाले कालो दिवस मनाउने जस्ता कार्यक्रम नभएको र पार्टीले तत्काल कुनै निर्णय नगरेको हुँदा त्यस्ता खाले कार्यक्रमहरुमा सहभागी नहुने र यस सम्बन्धमा अन्य कुनै भ्रममा नपर्नसमेत आग्रह गरेको छ ।

फोरमले विज्ञप्ति जारी गर्दैै संविधानसभाबाट जारी गराइएको नेपालको संविधानप्रति आफूहरुको असहमति, विरोध र फरक धारणा यथावत् नै छ भनिएको छ । यता, राष्ट्रिय जनता पार्टी नेपालले भने कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार