https://www.saurabhgroup.com/

निर्मला पन्तको हत्याको अनुसन्धान गर्न एसपी दुर्गा सिंहको कमाण्ड अनुसन्धान टोली कञ्‍चनपुरमा

काठमाडौं, २ असोज – निर्मला पन्तको बलात्कारपछिको हत्याको अनुसन्धान गर्न फेरि महिला प्रहरीको नेतृत्वको अर्को अनुसन्धान टोलीलार्इ कञ्‍चनपुर खटाइएको छ। प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछिको हत्या प्रकरणको छानविन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ ।

पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको जनाइएको छ।

‘महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली पनि पठाइएको हो’, एक उच्च प्रहरी अधिकारीले भने, ‘हामीले यो घटनाको अनुसन्धानका लागि कुनै कसर बाँकी राखेका छैनौं ।’

ती अधिकारीले घटनाको गम्भिरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै चाँढै यर्थाथ विवरण सार्वजनिक हुने बताए । यसअघि घटनाको अनुसन्धानमा संलग्‍न प्रहरी अधिकारी तथा अन्य व्यक्तिहरुमाथि छानविन गर्न डिआइजी धिरु बस्न्यातको नेतृत्वमा छानविन टोली गठन गरेको थियो। उक्त टोलीले पनि अनुसन्धान गरिरहेको छ।

राष्ट्रिय अनुसन्धान व्युरोको टोली पनि कञ्‍चनपुरमै छ भने गृहमन्त्रालयले गठन गरेको छानविन समितिले घटनाको छानविन गरिरहेको छ। तर, निर्मलाको दोषी अहिलेसम्म पत्ता लाग्‍न सकेको छैन्।

सोमबार न्यायको याचना गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका आमाबुबा तथा अधिकारकर्मीहरुलार्इ प्रधानमन्त्रीकै अघि अपमान गरेको थियो। त्यसैगरी प्रधानमन्त्रीले एक टेलिभिजन कार्यक्रममा घटनाको विवरणका विषयमा नै ‘झुट’ बोलेपछि यथार्थ बताउन खोज्दा प्रधानमन्त्रीले ‘मलार्इ था’छ’ भन्दै टारेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार