इतिहासमै पहिलो पटक ३७ हजार सशस्‍त्र प्रहरीको एकसाथ सरुवा

काठमाडौं, २ असोज- ३७ हजार दरबन्दी रहेको सशस्त्र प्रहरीमा इतिहासमा पहिलोपटक आइजीपीबाहेक सबै तहका पुरै जनशक्तिलार्इ सरुवा गरिएको छ। संगठनलार्इ चुस्त बनाउने प्रतिबद्धाका साथ नियुक्त भएका सशस्त्र प्रहरी प्रमुख आइजीपी शैलेन्द्र खनालले लामो समयदेखि रोकिएको सरुवा प्रकृयाको गाँठो फुकाएका हुन्।

महानिरीक्षक खनालले नेतृत्व सम्हालेसँगै संगठन सुधारका कार्यक्रम अर्न्तगत साउनबाट शुरु भएको सरुवा प्रक्रिया र एकाइ स्थापना गर्ने काम एक महिनामा पुरा भएको छ।

२७ जेठमा बसेको मन्त्रीपरिषद बैठकले सशस्त्र प्रहरीको पुनर्संरचना गर्ने निर्णय गरेको थियो। सोहीअनुसार सरुवा प्रकृया अघि बढाएको जनाएको छ। त्यसैगरी पाँच विकास क्षेत्रमा रहेका वाहिनी अड्डाहरूलाई सातै प्रदेशमा विस्तार गरिएको छ। काठमाडौं उपत्यकामा डीआईजीको नेतृत्वमा एउटा बाहिनी खडा गरिएको छ।

लामो समयदेखि एकै ठाउँमा बस्दा विभिन्‍न चलखेल हुनसक्न‍ र कार्यसम्पादनका क्रममा विभिन्‍न बाधा आउने एवंम खतरा हुनसक्ने भएकोले समयसमयमा सरुवा गरिराख्नुपर्ने प्रावधान अनुसार नै सरुवा गरिएको जनाइएको छ।

तत्कालीन विद्रोही माओवादीविरुद्ध लड्ने उद्देश्यले ०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी हाल केन्द्र सरकारको मातहतमा राखिएको छ।

हाल सशस्त्रलार्इ सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपत व्यवस्थापन, औद्योगिक सुरक्षा, आपराधिक क्रियाकलाप नियन्त्रण, दंगा नियन्त्रण, भीभीआईपी र भीआईपी तथा महत्वपूर्ण पुरातात्विक संचनाको सुरक्षाको जिम्मेवारी दिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार