आज संविधान दिवस मनाउन सरकारकाे भब्य तयारी, राजपाका मन्त्रीहरु ‘कालो दिवस’ मनाउन गाउँगाउँमा

काठमाडौं, ३ असाेज  – आज संविधान जारी भएको दिन नेपालीहरुको लागि पक्कैपनि खुसीको दिन हो । विश्वकै सबैभन्दा उत्कृष्ट मानिएको संविधान तर केही राजनितिक पार्टी र भरखरै लागु गरिएको केही ऐनहरुमा बाभिएका शब्दहरुले गर्दा विरोधको आवाजहरु पनि आई रहेको छ ।


आज सरकारको तर्फबाट विहान ७ बजे बाट टुडिखेलमा विशेष कार्यक्रम गरि संविधान दिवस मनाईदै छ संविधान जारी भएको ऐतिहासिक दिन ३ असोजमा संविधान दिवस मनाउने सरकारले भब्य तयारी गरिरहेका बेला राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) र प्रदेश २ का मन्त्रीहरु भने सोही दिनलाई कालो दिवसका रुपमा मनाउन गाउँ गाउँ पुगेका छन् ।

राजपा नेपालबाट प्रदेश नम्बर २ मा मन्त्री भएकाहरु मंगलबार नै तयारीका निम्ति मधेशका गाउँ गाउँमा पुगेका छन् । पार्टीले शीर्ष नेतासहित मन्त्रीलाई विरोध र्याली, सभासहित त्यसको तयारीका लागि जुट्न यसअघि नै निर्देशन दिइसकेको छ ।

जिल्ला जिल्लामा हुने विरोध कार्यक्रमका तयारी, विरोध प्रदर्शन तथा विरोधसभालाई सम्बोधनका लागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बारा र पर्सामा हुने कार्यक्रममा भाग लिनेछन् ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र अनिलकुमार झा बाँके, बर्दिया तथा कैलाली कञ्चनपुर गाउँमा पुगिसकेका छन् । तेसैगरी अाज दिउँसो १ बजे माईतीघर मण्डलामा विभिन्न संघ संगठनहरुले विरोध गरी मनाईदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार