अख्तियार प्रमुखमा घिमिरे सर्वसम्मत अनुमोदन, आयुक्त घिमिरेद्वारा अाजै शपथग्रहण

काठमाडौं, ४ असोज – संसदीय विषेश सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरेलाई सर्वसम्मत अनुमोदन गरेको छ।

प्रमुख आयुक्त सिफारिस घिमिरेविरुद्ध सुनुवाइ समितिमा कुनै उजुरी परेको थिएन । सुनुवाइ समितिका सांसदले सुनुवाइका क्रममा घिमिरेलाई विभिन्न प्रश्न गरेका थिए । उनले जवाफ दिने क्रममा अख्तियारलाई विवादमुक्त र जनताले सम्झिने बनाउने प्रतिबद्धता जनाए ।

अख्तियारका प्रमुख आयुक्त घिमिरेद्वारा शपथग्रहण

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्यसचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार