दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुल्याे, कहाँ पुग्न कति लाग्छ ? (सूचिसहित)

काठमाडौं, ९ असोज  – दशैंका लागि अग्रिम टिकट बुकिङ आज मंगलबारदेखि खुलाएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले म‌गलबारबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठकले बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

शनिबार सरकार र यातायात व्यवसायीबीच भाडा बढाउन सहमति भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको थियो ।

यसअघि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण भाडा समायोजन हुन नसक्दा आफूहरु मारमा परेको भन्दै यातायात व्यवसायीहरुले भाडा वृद्धीको माग राखी आन्दोलन गरेका थिए । सोही कारण असोज ५ बाटै हुने भनिएको अग्रिम टिकट बुकिङ पनि रद्द भएको थियो ।

सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले अाइतबार शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

कुन स्थानमा जान कति भाडा यहाँ हेर्नुहोस् 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार