नवलपरासीको गैँडाकोटमा बस दुर्घटनामा १६ घाइते, २ जनाको अवस्था गम्भीर

कावासोती, ९ असोज — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१६ मा आज ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लु१ख ६७५४ नं को ट्रकमा पश्चिमतर्फ जाँदै गरेको लु२च ३९६ नं को बस ठोक्किएको हो । सामान्य घाइते आठ जना उपचारपछि घर फर्किसकेका छन् । अन्य आठ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सुुनवल नगरपालिका–४ का २१ वर्षीया पवित्रा कुँवर र पाल्पा आलेभञ्याङ्का ३५ वर्षीय पदमबहादुर कँुवरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको परिवारलाई सहयोग

सवारी दुर्घटनामा ज्यान गुमाएका तनहुँको भानु नगरपालिका–१ साजबोटेका ज्ञानबहादुर तामाङको परिवारलाई प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले रु १० हजार सहयोग गर्नुभएको छ ।

सांसद श्रेष्ठले तामाङकी श्रीमतीलाई सो सहयोग हस्तान्तरण गर्नुभएको हो । उहाँले तामाङको परिवार र उनका छोराछोरीलाई शिक्षादिक्षा तथा जीविकोपार्जनका लागिसमेत सहयोग गर्ने आश्वासन दिनुभएको छ ।  — रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार