तरुणदलका महासचिव भुपेन्द्रजंगकाे परदेशी मनकाे म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं, , १० असोज  –  नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको शब्द रहेको उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । अति नै मार्मिक शब्दहरुले भरिएको उक्त गीतमा चर्चित गायिका टीका प्रसाईको स्वर रहेको छ ।

नेपाल तरुण दलका महासचिव शाहीले वीपी कोइरालाको बाटो पछ्याउँदै संगितको क्षेत्रमा शाहीको शब्द रचनामा सबैको मन छुने सम्पूर्ण परदेशी मन र परदेशीका परिवारहरुको कथा, ब्यथा, दुख र मर्मसँग जोडिएको ‘मेरो मनको राजा’ गीत सार्वजनिक भएको छ ।

गीतमा नव उदयमान संगीतकार रेखा पौडेलले संगित दिएकी छन् । म्यूजिक भिडियोको निर्देशन राजिव गुरुङले गरेका हुन् भने गीतमा नायिका तथा मोडल नम्रता सापकोटा र सञ्चारकर्मी एवम् मोडल विवेकसिंह ठकुरीलाई फिचरिङ गरिएको छ । को हुन् शब्द रचनाकार ? भूपेन्द्रजंग शाही सञ्चारमाध्याममा कुनै न कुनै रुपमा छाइरहने नाम हो । नेपाली कांग्रेसको तर्फबाट कालिकोटमा दुई पटक सांसदको उम्मेदवार भइसकेका शाही बहुप्रतिभाका धनि छन् ।

पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा लेख्ने पढ्ने सस्कृती बिस्तारै हराउँदै जान थालेको छ । कांग्रेसमा बिपिको चेलाको रुपमा आफुलाइ साहित्य संगितको क्षेत्रमा कलम चलाउने थोरै नेताहरु मध्ये प्रदिप गिरि, नरहरी आचर्य, बलदेब मजगैया, बिश्वप्रकाश शर्मा र भुपेन्द्र जंग शाही लगायत छन् ।

उनी नेपाल तरुण दलको बर्तमान महासचिव हुन् भने राजनीति भन्दा बाहिर उनी साहित्य र संगीतमा पनि त्यतिकै सक्रिय छन् । यसअघि पनि उनका गीतहरु रेकर्ड भईसकेका छन् । उनको तराजुमा माया र लासहरुको वस्ती गजल संग्रह प्रकाशित भएको छ । उनको ‘बन्दीगृह’ उपन्यास, नेपाल विद्यार्थी संघको विगत र वर्तमान तथा नेपाली कांग्रेस प्रशिक्षण पुस्तिका पनि प्रकाशित छन् ।

‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’ को लेखन तथा सम्पादन गरेका शाहीले ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस’ वृत्तचित्रको लेखन तथा निर्देशन गरेका थिए ।

<iframe width=”640″ height=”390″ src=”https://www.youtube.com/embed/xQhqfXcCeAc” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार