अासियाे दैनिक उपभोग्‍य वस्तुकाे भाउ, सरकार मौन ?

काठमाडौं, ११ असोज— नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएर अाकािसएको छ तर सरकारि निकाय मेैन रहेर जनताकाे डाढ मस्किदा समेत सरकारमारहेका र बिपक्ष सांसदहरु मुखदर्सक बनेका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिज बसेकाे बैठकमा सांसदहरुले चाडबाडको मुखमा मूल्य वृद्धि नगर्न आग्रह गरेका हुन्। समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चिनीको भाउ वृद्धि, बजार अनुगमनमा देखिएको कमजोरी, सहुलियत पसल सञ्चालन र कालोबजारीका कारणबारे सरकारको ध्यानाकर्षण गराए।

सांसद रामवीर मानन्धरले जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको काम गर्न सरकारलाई सुझाव दिए। सांसद देवेन्द्र पौडेलले दैनिक उपभोग्य वस्तुमा किन र कसरी मूल्य बढाइयो भन्नेबारे जनतालाई जानकारी दिनुपर्ने बताए। सांसदहरु गोपालबहादुर बम, अमृतादेवी अग्रहरि, सरिता न्यौपाने, दुर्गाकुमारी विश्वकर्मालगायतले चाडबाडको समयमा कालोबजारी हुने गरेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए।

सांसदहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मात्रीका यादवले चाडबाडको समयमा जनतालाई राहत दिने कुरामा सरकार प्रतिबद्ध रहेको बताए। उनले बजार अनुगमन गर्दै सहुलियत पसल सञ्चालन र कालोबजारी नियन्त्रण गर्न सरकार कटिबद्ध रहेको बताए। मन्त्री यादवले दशैँको मुखमा चिनी, तेल, खाद्यान्न नबढाउनका लागि छलफल गर्न समिति गठन गरिएको स्पष्ट पारे।

मन्त्रालयका सचिव चन्द्र घिमिरेले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढेको बताए। उपभोक्ता हित तथा आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनले दशैँका लागि असोज १२ देखि २७ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार