सरकारले धोका दियो, फेरि आमरण अनसन बस्ने डा. केसीकाे चेतावनि

काठमाडौँ, ११ असाेज – प्रा.डा. गोविन्द केसीले केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई धोका दिएको भन्दै १६ औं चरणको आमरण अनसन सुरु गर्ने जनाएका छन् । आम नागरिकमा गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको समान पहुँचका लागि संघर्षरत डा केसीले सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए १६ औं अनशन थाल्ने चेतावनी दिएका हुन् ।

डा केसीले संसदको चालु अधिवेशनबाट जस्ताको त्यस्तै विधेयक पारित हुनु पर्ने माग गरेका छन् । डा केसीले बुधबार विज्ञप्ति जारी गर्दै विधेयक चालु अधिवेशनबाट नै पास हुनुपर्ने माग पनि गरेका हुन् ।

उनले यो सरकारले गरेका विभिन्न हर्कतले पनि यसको नियत स्पष्ट हुँदै गएको भन्दै अब फेरि अनसन बस्नुको विकल्प नभएको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार