http://jagdambacement.com/

परिषद्‍मा नक्कली बढुवाको आतंक, सबै पदाधिकारी अख्तियारमा तानिने

काठमाडौं, १२ असोज – समाज कल्याण परिषद्मा नियम मिचेर मनपरी बढुवा गरेको पाइएको छ। निजामति सेवा ऐन, २०४९ को दफा २४(घ) विपरीत विभिन्‍न पदमा बढुवा गरेको पाइएको हो ।

परिषद्को तत्कालीन बोर्डले २०६९ सालमा खरिदारदेखि सहसचिव वा सोसरह रहने निर्देशक पदसम्म एकैपटक ४४ जनालाई बढुवा गरेको तथ्य अहिले आएर खुलेको हो। निजामति सेवामा उक्त ऐनको दफा २४(घ) लगाएर बढुवा गर्न पाउने प्रावधान थियो। उक्त दफाअनुसार हुने बढुवालाई ‘पानी बढुवा’ भनिन्थ्यो। २० वर्षसम्म काम गरेर पनि बढुवा नभएका कर्मचारीलाई एक तह बढुवा गरी सेवा–सुविधा दिई घर पठाउने प्रावधान थियो । तर पछिल्लो संशोधनबाट उक्त प्रावधान हटाइसकिएको छ ।

परिषद्कै कर्मचारी सेवा सर्त नियमावली, २०५० ले पनि जेष्ठताको आधारमा कर्मचारीबाटै कायममुकायम निर्देशक बनाउन सकिने व्यवस्था गरेको भए पनि उक्त पद ६ महिनासम्म रहने व्यवस्था छ । तर उक्त नियमावली विपरीत कामु पद २ वर्षसम्म कायम गरेको रहस्य खुलेको छ ।‘नियमअनुसार कामु पद ६ महिनासम्मलाई मात्रै हो । तर उनीहरु त कामु भएकै २ वर्ष भैसक्यो ।,’ परिषद स्रोतले दावी गर्‍यो।

उक्त स्रोतका अनुसार शाखा अधिकृत सरहका सहायक निर्देशकहरू हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला, शिव बस्नेत, दुर्गा भट्टराई, रामराज भट्टराई, दिपेन्द्र पन्त र सञ्जय मल्लिक गरी ८ जनालाई तिनै ४४ जनामध्येबाट उपसचिवसरहको तलव, सेवा-सुविधा पाउने गरी उपनिर्देशकमा बढुवा गरिएको  छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार