सम्पदा संरक्षणमा सडक नाटक सहित सरसफार्इमा विद्यार्थी

काठमाडौं, १३ असाेज – फोहोरमैलाले दुर्गन्धित र प्राकृतिक प्रकोपले तहस–नहस बनाएका ऐतिहासिक, धार्मिक, सांकृतिक तथा
पुरातात्त्विक महत्वका मठ–मन्दिर हामी सबै नागरिकको दायीत्व हो । यिनै सांस्कृतिक सम्पदाले प्राचीन मानवजातिको इतिहास, धर्म, संस्कृति र आध्यात्मिक चिन्तनलाई भौतिक आधारमा अभिव्यक्त गरेका हुन्छन्।

तर, पछिल्लो समय यस्ता ऐतिहासिक महत्व बोकेका धार्मिक तथा सांस्कृतिक स्थलहरु जथाभावी फालीने फोहोरले कुरूप बन्दै गएका छन् । यस्तै समस्यालाई मध्यनजर गर्दै काठमाडौंमा अवस्थित ऐतिहासिक महत्व बोकेको बुढानिकण्ठ मन्दिर परिसरमा सरसफाई तथा सम्पदा संरक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ओरियन्ट कलेज, बसुन्धराको आयोजना र बुढानिलकण्ठ मन्दिर व्यवस्थापन समितिको संनव्यमासम्पन्न भएको उक्त कार्यक्रममा ओरियन्ट कलेजमा अध्यान्रत विद्यार्थी, शिक्षकहरु, बुठानिकण्ठ नगरपालिकाका मेयर, वडा अध्यक्ष, सामुदायिक प्रहरी, स्थानीय क्लब, विद्यालय तथा समुदायका विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने साथै स्थानीय समुदायको सरसफाइमा स्थानीयनै उत्तरदायी हुनुपर्छ भन्ने बारे जनचेतना जगाउन यस्ता कार्यक्रम सफल हुने हुदा  यस्ता कार्यक्रमहरु ओरिएन्ट कलेजले आगामी दिनमा पनि अग्रसरता लिदै जानेकुरा एकेडेमिक डाइरेक्टर सुबाश आचार्यले बताए ।

कार्यक्रममा ओरियन्ट कलेज व्यवस्थापन समितिका अध्यक्ष नन्दराज पोख्रेल र स्नातक तह संयोजक साधना थापाको मुख्य नेतृत्वमा मन्दिर परिसरमा दुवो र फुल समेत रोपिएको थियो । विषेश गरी सामाजिक कार्यका विद्यर्थीहरुले समाजिक समस्या समाधानका लागि विभिन्न माध्यमबाट जनचेतनामुलक कार्यकहरु गर्दै आएका छन् ।

यसै सन्दर्भमा विद्यर्थीहरुले आफ्नो घरआगन तथा समुदायको सरसफाईमा समुदायका प्रत्यक व्यक्तीको महत्वपुर्ण भुमिका रहन्छ भन्ने बारे नाटक पनि मन्थन गरेका थिए । आयोजक ओरियन्ट कलेजले यस्ता अन्य थुप्रै समाज स्धारका कामहरु गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार