गृहमन्त्री के हेर्दै ? बलात्‍कारीहरु देश घेर्दै ! – माइती घरमा नागरिक अगुवा

काठमाडौं, १३ असोज – मुलुकमा व्याप्त बलात्‍कार र अपराधका घटनाहरु दिनादिनु बढ्दै गएपनि सरकार थाहा नपाएकोजस्तो गरी चुप बसेको भन्दै नागरिक अगुवाहरुले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरुले ‘सरकार कहाँ चुक्दैछ ? बलात्कारीसँग झुक्दैछ ?’, ‘गृहमन्त्री के हेर्दै ? बलात्कारी देश घेर्दै ?’ लगायतका नारा लगाएका थिए।

कञ्‍चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गर्दै मण्डलामा प्रदर्शन गरिएको हो ।

निर्मला पन्तको न्यायका लागि स्वःस्फूर्त रुपमा मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।

घटनाको दुई महिना भइसक्दा पनि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको देखिएको भन्दै गृहमन्त्री र सरकारविरुद्ध नाराबाजी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार