प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई तत्काल वर्खास्त गर्न माग

काठमाडौं, १८ असोज – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले तत्काल वर्खास्त गर्न माग गरेका छन्। नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार दिउँसो गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले थापालाई ज्ञापनपत्र बुझाउँदै आईजिपी खनालको राजीनामा माग गरेका हुन् ।

जनताको जीउ धनको सुरक्षामा सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन असक्षम रहेकोले आईजीपी खनालको राजीनामा मागिएको अखिलका नेता आरसी लामिछानेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार