प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन गोप्य छलफल

काठमाडौं, १९ असोज – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएको छ ।

आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन प्रहरी प्रशासन असफल रहेको लगायत आरोप लगाउँदै नेकपाका उच्च तहका नेताहरु नै महानिरीक्षक खनाललाई वर्खास्त गर्ने गरी लबिङ थालेका हुन् ।

नविना लामा युवा पिंढिकी आर्कषक हुन् । तर उनका पछिल्ला हर्कतले सिमा नाघेको चर्चा हुन थालेको छ । नविना लामाले गुण्डा छुटाउन दवाव दिएको र प्रहरीले उक्त कुरा नमानेपछि आइजीपी सर्बेन्द्रको राजिनामा मागेको खबरले सामाजिक सञ्जाल अर्थात फेसबुकमा ब्यापकै भएको छ ।

नविनाले राजिनासँगै निर्मलाको न्यायको कुरा उठाएकीछन् । यदि निर्मला को न्यायको लागि हो भने अहिलेसम्म केलाइ पर्खेर बसेका भनेर फेसबुकमा जीपी लामिछानेले कुरा उठाएकाछन् । जीपी लामिछालेको प्रश्न हजारौंको हो ।  नविना जी सस्तो राजनिति नगर्नुस् । आम नागरिकले प्रश्न गरेकाछन् ।

काभ्रेका केही आपराधिक समुहलाई संरक्षण गर्दै आएकी सांसद नबिना लामा नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनाल बिरुद्ध योजनाबद्ध बिरुद्ध लागेको खुलासा भएको छ । गत महिना महानगरीय अपराध महाशाखाले गुण्डा नाईके सत्यमान लामालाई पक्राउ गरी आबाश्यक मुद्दा चलाएपछि सांसद नबिना प्रहरी बिरुद्ध खनिएकी थिईन ।

गुण्डा नाईके लामालाई महाशाखाले गुण्डागर्दी गरेको आरोपमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न थालपछि सत्यमान छुटाउन उनी ज्यानै छाडेर लागेको चर्चा भएको थियो । यसको लागी उनले नेपाल प्रहरीका आईजी खनाल देखी गृहसचिव प्रेम राईलाई समेत दबाब दिएकी थिइन् ।

सत्यमानको संंरक्षण गर्दै आएकी आइजिपी हटाउने खेल
पछिल्लो समय उनी सहित एउटा झुण्ड बिहीबार गृह मन्त्रालयमा पुगेर आइजिपी खनालको बर्खास्तको  माग गरिन् । अनेरास्ववियुकी अध्यक्षसमेत रहेकी सांसदले विद्यार्थी संगठनको बदनाम गर्दै प्रहरी प्रमुखको बर्खास्त माग गरेकी हुन् । आफुले भनेको नमानेपछि विद्यार्थी संगठनकै नाममा उनले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएकी हुन् ।

आइजिपीको बर्खास्त माग गरेलगत्तै अधिकांशले उनलाई सामाजिक संजालमा ‘उडाएका’ छन् । काठमाडौं परिसरबाट छुटे लगत्तै लामालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । डलरको अबैध कारोबार गरेको आरोपमा पक्राउ परेका लामालाई छुटाउन फेरि  सांसद लामा एसएसपी धिरजप्रताप सिंहसमक्ष पुगेकी थिईन ।

सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग्दै गृहमन्त्री रामबहादुर थापा “बादल”लाई ज्ञापनपत्र बुझाएपछि त्यसप्रति विद्यार्थी नेता तथा उपराष्ट्रपतिपूत्र दिपेश पुनले कडा आपत्ति जनाएका छन् । त्यस्तै आपत्ती सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पुनले फेसबुकमा स्टाटस लेख्दै आफ्ना नेताहरुको कार्यलाई “सस्तो लोकप्रियता” र “बजार विज्ञापन”को संज्ञा दिएका छन् ।
तत्कालीन अखिल (क्रान्तिकारी)का उपाध्यक्ष समेत रहेका दिपेशले आफ्ना साथीहरु प्रतिपक्षभन्दा पनि बढी प्रतिपक्षी भएको आरोप लगाएका छन् ।

उनले दुबै विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयबिना केही साथीहरु प्रतिपक्षभन्दा पनि बढी प्रतिपक्ष भएर हल्काफुल्कारुपमा प्रहरी महानिरीक्षकको राजीनामा मागेको आरोप लगाएका छन् । सरकारविरुद्व चोतर्फी घेराबन्दी भइरहेको बेला नेपाल सरकारको मेरुदण्ड नेपाल प्रहरी संगठन प्रमुखको राजीनामाको मागपत्र बुझाइएकोमा उनले आपत्ति जनाएका छन् ।

यसलाई उनले “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर” भनेका छन् । “यो दुईचार दिनको सस्तो लोकप्रियता र बजार विज्ञापन बाहेक केही होइन”, दुबै विद्यार्थी संगठनका अध्यक्षहरु नविना लामाको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा “बादल”लाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार