सरकारले जनतामा निराशा थपेको आरोप लगाउँदै उनले जन अपेक्षामा धोका भइरहेको जिकिर गरे । ‘ओली नेतृत्वको सरकारले एउटा पनि नयाँ काम गर्न सकेको छैन ।
जनता उल्टै निराश छन् । परिवर्तनका मुद्दा र विषयप्रति जनतामा निराशा आउनुको कारण प्रधानमन्त्री हुनुहुन्छ,’ पौडेलले भने, ‘तपाईंले काम गर्न सक्नुभएन । राम्रो काम गर्नेलाई छाडिदिनुस् ।’
जनयुद्धमा रुकुमको योगदान ठूलो भए पनि माओवादीले बोकेको लक्ष्यलाई नेताहरूले प्रतिबद्धतामै सीमित गरेको पौडेलको भनाइ थियो ।
‘यो जिल्लाले जनयुद्धमा धेरै ठूलो योगदान ग-यो । जुन लक्ष्यले मानिस जनयुद्धमा लागे के त्यो लक्ष्य आज पूरा भयो त रु’ पौडेलले प्रश्न गरे, ‘एमालेमा माओवादी विलय भएपछि के परिवर्तन ल्यायो रु बुर्जुवा शिक्षामा के परिवर्तन भयो ?’ – नयाँ पत्रिका दैनिक