जुम्लामा जिप दुर्घटना ३ जनाको मृत्यु, ४ घाइते

जुम्ला, ७  कात्तिक – जुम्लाको हिमा गाउँपालिका १ बर्कीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्। जुम्ला सदरमुकामबाट नाराकोटतर्फ जाँदै गरेको भे १ ज ८६५ नम्बरको जिप आज बुधबार दुर्घटना दुर्घटना भएको जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन्।

सात जना सवार जिप दुर्घटनामा मृत्यु हुनेमा करिब २५/२६ वर्षका लाले सार्की, उनकी श्रीमती जानकी सार्की र उनकी ८ महिने छोरी महिमा सार्की रहेको डिएसपी रिजालले बताए।

दुर्घटनामा घाइतेहरुलार्इ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेर उपचार भइरहेको उनले बताए। घटनाको कारणबारे थाहा भइनसकेको र घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार