काभ्रेमा जिप दुर्घटना, पत्रकार सहित ३ को मृत्यु

काभ्रे, ११ कात्तिक –  काभ्रेको मन्डन देउपुर नगरपालिका–५ मारहेको ढकाल थोकमा बा ३ च २८७ नम्बर को जीप दुर्घटनामा परेर तीनजनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मण्डन देउपुर–४, का जीवन पराजुली, नमोबुद्ध नगरपालिका १० का विनोद कार्की र मानव श्रोत अन्र्तगत केन्द्रीय कार्यालयमा कार्यरत शुशिल भण्डारीको दुर्घटनामा मृत्यु भएको छ ।

पराजुली र कार्कीको घटनास्थलमा नै र डीआईजी भण्डारीको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । पराजुली एभिन्यूज टेलिभिजन काभ्रेमा सम्बाददाता रहेर पत्रकारिता गर्दै आएका थिए । कार्की ट्रेड यूनियन कांग्रेसका ३ नम्बर प्रदेशका संयोजक हुन् ।

घाइते तीन जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । घाइते हुनेमा एपीएफका पूर्व डीएसपी विनोद गौतम, धनराज पुरी र प्रदीप बोगटी छन् । यस असामयिक निधनप्रति नेपाल प्रेस युनियन, पत्रकार महासंघ र ट्रेड यूनियन कांग्रेसले शोक वक्तव्य व्यक्त गरेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार