इण्डोनेशियामा चालक दलका सदस्यसहित १८८ यात्रु बोकेको विमान समुद्रमा खस्यो, यात्रुहरुको अवस्था अज्ञात

जाकार्ता – इण्डोनेशियामा सोमबार बिहानै १८८ यात्रु बोकेको विमान दुर्घटना भएको छ। जकार्ताबाट उडान भरेको लायन एयरको विमान उडान भरेको १३ मिनेटमै दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उडान भरेको १३ मिनेटपछि बिमान सम्पर्क बिहीन भएको थियो। बिमान सम्पर्कबिहीन भएपछि समुद्रमा खसेको छ । सम्पर्क बिहीन भएको बिमान दुर्घटना भएको इण्डोनेशियाका अधिकारीलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

सर्चअपरेशनमा बिमानका केही भाग समुद्रमा भेटिएको पनि समाचारमा जनाइएको छ। जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् ।

सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । तर, यात्रुका आफन्तजनहरुमा भने रुवावासी सुरु भइसकेको छ । जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए ।

इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा रहेका थिए । लायन एयरर्सको जेटी(६१० बिमान पाङकल पिनाङका लागि उडेको थियो ।

टेक अफ गरेको १३ मिनेटपछि सो जहाज एयर कन्ट्रोलको सम्पर्कबाट बाहिर गएको थियो । दुर्घटना हुनुअघि पाइलटले जहाजलाई बिमानस्थलमा फर्काउने प्रयास गरेको देखिएको छ ।

‘कोही जिवित छन् कि छैनन् भन्ने हामीले पत्ता लगाउन सकेका छैनौं,’ बिमान कम्पनीले पत्रकार सम्मेलन गरेर भने, ‘प्रार्थना र आशा भने हामीले गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार