घटनाका दोषीलाई कारबाहीको माग राख्दै काँग्रेसले सर्लाही बन्द

सर्लाही, १८ कार्तिक – घटनाका दोषीलाई कारबाहीको माग राख्दै काँग्रेसले सर्लाही बन्द आह्वान गरेको छ । उसले पीडितलाई क्षतिपूर्ति दिन र मृतकलार्इ सहिद घोषणा गर्न समेत माघ राखेको छ ।

Man with gun pointed at viewer

कांग्रेसले शनिबार साँझ पनि विरोध प्रदर्शन गरेको थियो । शनिबार सदरमुकाम मलंगवासहित हरिवन, बागमती, लालबन्दीलगायतका स्थानमा मसाल जुलुस निकालिएको थियो । आज (आइतबार) बिहानैदेखि जिल्ला ठप्प पारिएको कांग्रेसका जिल्ला सह सचिव डोरप्रसाद भट्टराईले जानकारी दिएका छन् । बिहान ११ बजेदेखि १ घण्टासम्म पूर्वपश्चिम राजमार्ग चक्काजाम समेत गरिएको बताए ।

गत मगंलबार रामनगर गोलीकाण्डमा परी ५५ वर्षीय रामविलास महतोको घट्नास्थलमै मृत्यु भएको थियो । महतो नेपाली कांग्रेसका कार्यकर्ता रहेको बताइएको छ । घटनामा ७ जना घाइते भएका थिए । कांग्रेसले घाइतेहरु सबैको निःशुल्क उपचार गराउन समेत माग गरेको छ । सो घटनामा १५ भन्दा बढी घरमा तोडफोड समेत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार