गृहमन्त्री बादलको रवाफ देखाउँदै सरकारी क्वाटरको चरम दुरुपयोग

काठमाडौं ५ मङ्सिर –तत्कालीन माओवादी निकट कर्मचारी नेता दयाराम बस्याल मिनभवन स्थित केन्द्रीय सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रबाट रिटायर भएको डेढ वर्ष पुरा भएको छ । तर उनी अझै पनि सरकारी क्वाटरमा बसीरहेका छन् । उनी मात्र होइन,उनको सिगों परिवार क्वाटरमै बसेको छ  ।

उनी सहकारी प्रशिक्षण केन्द्रको नायब सुब्बाबाट गत २०७४ भदौबाट रिटायर भएका थिए । रिटाएर भए पनि उनले कर्मचारी महासंघको अध्यक्ष पद भने छाडेका छैनन । उनी अहिले पनि तत्कालीन माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष हुन । राष्ट्रिय कर्मचारी महासंघ पार्टीको पेशागत संगठन भएकाले सरकारी जागिरीबाट अवकाश पाएको व्यक्ति पनि महासंघमा बस्न सक्ने प्रावधान रहेको माओावदीका नेताहरु बताउछन ।

 उनी राष्ट्रिय कर्मचारी महासंघको अध्यक्ष हुनु अघि करिव ७ वर्षसम्म माओवादी निकट निजामती कर्मचारीहरूको संगठन राष्ट्रिय कर्मचारी संगठनको अध्यक्ष थिए । राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षबाट उनी राष्ट्रिय कर्मचारी महासंघको अध्यक्ष भएका थिए ।  राष्ट्रिय कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी महासंघको अस्तित्व अहिले पनि कायम छ । तत्कालीन एमाले र तत्कालीन माओवादीवीच पार्टी एकिकरण भए पनि दुइ पार्टीका  कर्मचारी संगठनहरुको समायोजन भने अझै  भएको छैन ।

रुपन्देही घर भएका बस्याल काठमाडौंमा आउदा सरकारी क्वाटरमै बस्ने गर्छन । बस्याल रुपन्देही गएको बेलामा पनि उनको परिवारका अन्य सदस्यहरु भने क्वाटरमा बस्ने गर्छन । स्रोतका अनुसार उनलाई क्वाटर छाड्न सहकारी प्रशिक्षण केन्द्रको प्रशासनले पटक पटक ताकेता गरेको छ तर उनले माओवादी नेताहरुको धाक लगाएर क्वाटर छाडन मानेका छैनन्,— स्रोतले भन्यो । उनी गृह मन्त्री रामबहादुर थापा बादलसँग निकट मानिन्छन् ।

 सो क्वाटर सहकारी प्रशिक्षण केन्द्रले आयोजना गरेका तालिममा सहभागी भएकाहरुलाई आवासको सुविधा उपलब्ध गराउन बनाइएको हो । यसमा गेष्ट हाउसमा दिइने सबै सुविधा उपलब्ध छ । स्रोतका अनुसार सहकारी प्रशिक्षण केन्द्रका दुइ किसिमका क्वाटर छन् । एक किसिमका क्वाटर केन्द्रका कर्मचारीहरुकोलागि बनाइएका छन भने अर्को किसिमका क्वाटर तालिममा  सहभागी भएकाहरुकोलागि लागि बनाइएका छन तर बस्यालल भने थप सुविधा उपलब्ध गराइएका क्वाटरमै बसेका छन् ।

कर्मचारी संगठनका नेताहरुले सरकारी क्वाटरको दूरुपयोग गर्ने क्रम बढेको छ । यो त एउटा उदाहरण मात्र हो । सरकारी साधन, स्रोत तथा सरकारी गाडी पार्टी पिच्छे खोलिएका कर्मचारी संगठनका नेताहरुले आफ्नो निजि प्रयोजनकोलागि प्रयोग गर्ने गरेका छन् । यसैगरी कर्मचारी नेताहरुले सरकारी क्वारटको पनि चरम दुरुपयोग गर्ने गरेका छन् ।  हुलाक सेवा विभाग अन्तर्गत गोश्वरा हुलाक कार्यालय सुन्धाराको सरकारी क्वाटर यसरी दुरुपयोग भएको छ, दुरुपयोगबारे सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ ।

हुलाक सेवाकी शाखा अधिृकत निर्मला थापाले विगत ६ वर्षदेखि क्वाटरको ४ वटा कोठा यसरी प्रयोग गरेकी छन कि, उनका काका, काकाी, भतिजा, भाञ्जा तथा अन्य नातेदार लगायत करिव १२ जनाको परिवारले कोठा भाडा नतिरी मज्जासँग प्रयोग गरीरहेका छन् । ४ वटा कोठा प्रयोग गर्दा उपयोग भएको विजुली,पानी तथा अन्य खर्च हुलाक सेवा विभागले नै तिर्ने गर्छ । सरकारी क्वाटरको चरम दुरुपयोग गरेकी थापाले अस्थायी,ज्यालादारी तथा करारका कर्मचारीहरुप्रति निकै कठोर बनेकी छन् । हुलाकका अस्थायी, ज्यालादारी तथा करारका कर्मचारीलले साउन महिना देखि तलब पाएका छैनन् । थापा भने अस्थायी,ज्यालादारी तथा करारका कर्मचारीहरुलाई हटाउन लविङ गरीरहेकी छन् ।

सरकारले सार्वजनिक खर्च मितव्यत्तियता निर्देशिका ल्याइ सार्वजनिक खर्चलाई कटौती गर्ने घोषणा गरेको छ । तर सरकारको यो घोषणा पार्टीको पहुँच नभएकाहरुलाई मात्र हो । पार्टीको पहुँच भएकाहरुले भने सरकारको घोषणालाई उल्लघंन गरीरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार