राष्ट्रपति भण्डारीको दुर्लभ तस्वीर

काठमाडौं  ६ मङ्सिर –राष्ट्रपति विद्यादेवी भण्डारीको दुर्लभ तस्वीर यतिबेला भाइरल भइरहेको छ । तस्वीरमा राष्ट्रपति भण्डारीलाई गाउँले परिवेशमा देखिएको छ । उनी सागबारीमा देखिएकी छिन् ।

 

बच्चा बोकेको अवस्थामा उनले मेक्सी लगाएर तस्वीर खिचाएकी थिइन् । यो तस्वीर र अहिलेको राष्ट्रपतिको स्टाटसलाई लिएर सामाजिक संजालमा तस्वीर भाइरल भएको हो । राष्ट्रपतिको पहिलेको अवस्था र अहिलेको अवस्थामा कति परिवर्तन आयो त भनी विष्लेषणसमेत गरिएको छ । सादा गाम्ले जीवनबाट अगाडि बढेकी राष्ट्रपतिको यहाँसम्मको प्रगतिलाई सकारात्मकदेखि नकारात्मक टिप्पणीसमेत गरिएको छ । नेपालकी पहिलो महिला राष्ट्रपति भण्डारीले विभिन्न कीर्तिमान राखेकी छिन् ।

अहिलेसम्म कुनै पनि नेपाली महिला यो शिखरमा पुग्न सकेको थिएन । त्यसैगरी उनी नेपालकै दोस्रो राष्ट्रपति हुन् । अर्कातिर कम्युनिष्ट पृष्ठभूमिकी विद्यादेवीको अहिलेको शौखिन शैलीलाई लिएर भने चर्को आलोचना भइरहेको छ । यसमै जोडिएको छ उनले किन्न खोजेको १८ करोडको गाडीको चर्चासमेत । चर्चा परिचर्चा जे भए पनि यो आर्काइभ तस्वीरले भने नेपालको परिवेशलाई झल्काउँछ । एकपटक मदन भण्डारीकी पत्नी भनेर चिनाउने गरेको विश्लेषण पनि सामाजिक संजालमा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार