सरकारको ९ महिने कार्यकालमा कांग्रेसले राख्यो ९ प्रश्न ?

काठमाडौं, ७ मंसिर — नेपाली कांग्रेसले सरकार गठन भएको ९ महिनासम्म सरकार रहेको अनुभूति नै नभएको बताएको छ । केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले यो ९ महिनामा मुख्य ९ प्रश्नमा सही जवाफ पस्कन सरकार असफल भएको ठहर गरेको हो।

शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण असफल भएको र सुशासनको नारा पनि नमच्चिने पिङको सय झट्कामात्र भएको बताएको पनि कांग्रेसले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा २ जनाको हत्या भएको, सर्लाही र रोल्पामा गरी कांग्रेसका दुई कार्यकर्ताको हत्या भएको र निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नको पहिचान गर्न नसकेको बताएको छ ।

वर्तमान सरकारको ९ महिना

मंसीर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको छ । ९ महिना पुगेको यो घडीमा “नेपाल देशमा सरकार छ रु छ भने कहाँ छ” भनेर छोटो तर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको छ । यो ९ महिनामा मुख्य ९ प्रश्नमा सहि जवाफ पस्कन सरकार असफल भएको वस्तुगत तथ्य जगजाहेर छ ।

क. लोकतान्त्रिक संस्कृतिः लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन

ख. राष्ट्रवादः पुरानो दावी र पछिल्लो स्थितिको तुलना

ग. संघियताः कम्यूनिष्ट दर्शनले नहिडेको बाटो, असफल तुल्याउने सुनिश्चित षडयन्त्र

घ. सुसासनः नमच्चीने पिङको सय झड्का

ङ. बजारमूल्यः कम्युनिष्ट सरकार बन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज

च. शान्ति सुरक्षाः प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या

छ. न्यायालयः साझा आस्थाको थलोमा राजनैतिक आस्थाको अतिक्रमण

झ. संविधानप्रति अपनत्व विस्तारः सत्तालाई बलियो बनाउन वार्गेनिङ्ग चिप्स, प्रगति शुन्य

ञ. समृद्धि यात्राः विना प्रतिस्पर्धा गेजुवालाई वुढी गण्डकी । निजगढ विमानस्थल कागजमै अलमल, केरुङ–काठमाण्डौं–रक्सौल, रेल चर्चा फायलमा बन्द

साथै कांग्रेसले मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने भन्ने सरकारी तयारी तत्कालै सूचनाको हक र पारदर्शिताको प्रतिवद्धता विपरीत छ । यसप्रति विमति प्रकट गर्दै २४ घण्टामै सार्वजनिक गर्ने प्रवन्धका लागि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार