निर्मलाको बुबाको मानसिक अवस्था विग्रदै, सरकार उदासिन

काठमाडौं, ८ मंसिर – छोरी न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिँदै गएको छ । गत २५ कार्तिकदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रवेशद्धारमा धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक अबस्था बिग्रिदै गएको हो । यज्ञराजको स्वास्थ्य अवस्थासंगै मानसिक अवस्था पनि बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् ।

निर्मलाका बुवाले पछिल्लो समय अस्वभाविक व्यवहार देखाउने गरेका छन् । रातमा नसुत्ने, बडबडाउने र दिँउसो रुँदै अरुलाई गालीगलौज गर्दै बजारमा हिँड्न थालेका हुन । अस्वभाविक व्यवहार गर्न थालेपछि उनलाई सम्हाल्न गाह्रो परेको स्थानियले बताएका छन् । निर्मलाको मृत्युपछि यज्ञराज डिप्रेसनमा परेकोले उनलेले यस्तो व्यवहार देखाउने गरेको चिकित्सकहरु बताउँछन ।

उता कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले पनि पन्तको स्वास्थ्यमा समस्या देखिएको पुष्टि गरे । पन्तलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको पनि उनले बताए । तर, परिवारका सदस्यहरुले काठमाडौँ लैजाने भनने बारेमा निर्णय लिइसकेका छैनन् । परिवारको निर्णयपछि ४ जनासम्मलाई काठमाडौ पठाउने तयारी रहेको विष्टले जानकारी दिए ।

परिवार र अधिकारकर्मीको रोहवरमा थप उपचारका लागि यज्ञराजलाई सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको हो । निर्मलाको बुवाको बिग्रिँदै गएको स्वास्थ्य अवस्थाका बारेमा केन्द्रमा पनि जानकारी गराएको विष्टको भनाई थियो । पछिल्लो समय यज्ञराजले अस्वभाविक रुपमा बिग्रिँदै गएपछि परिवार चिन्तित भएका छन् । – नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार