https://www.saurabhgroup.com/

प्रदेशसभा स्वतन्त्र उम्मेदबार राजाबाबुको गोली प्रहार गरि हत्या

कपिलबस्तु, ८ मङ्सिर – गएराति गोली प्रहार गरी स्थानीय एक नेताको हत्या गरिएको छ । गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा कपिलबस्तु क्षेत्र नम्बर एक ‘ख’का स्वतन्त्र उम्मेदवार राजा बाबु भनिने दीपेन्द्र कुमार चौधरीको गोली हानी हत्या गरिएको हो ।

शुद्धोधन गाँउपालिका ४ मोतीभारी स्थित घर नजिकै उनीमाथि गोली प्रहार भएको थियो । गोली हान्ने समूहको पहिचान भएको छैन ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई लुबनी स्थित स्थानीय अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका क्रममा भैरहवा लैजाँदा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिए ।

गोली प्रहार भएको स्थानमा ४ थान गोलीका खोका भेटिएको जनाउदै प्रहरीले केही शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार