राष्ट्रपतिका लागि गाडी किन्न भीख माग्दै युवाहरु सडकमा

काठमाडौं, ९ मंसिर – राष्ट्रपतिका लागि गाडी किन्न सरकार समक्ष १८ करोण रुपैयाँ माग गरेपछि यो विषयले चौतर्फि चर्चा लिइरहेको समयमा राष्ट्रपतिका लागि गाडी किन्ने भन्दै युवाहरुले सडकमा भीम माग्न थालेका छन् ।

पशुपति क्षेत्रमा भीख मागेका उनीहरुले १८ करोणको विषयलाई सांकेतिक विरोध स्वरुप भीख मागेका हुन् । जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको सांकेतिक विरोध स्वरुप एक रुपैयाँ भीख मागिएको सहभागी युवाहरुले बताए ।

युवाहरुले ‘दान गर्नुहोस् पुन्य कमाउनुहोस्’ , ‘हिजो सम्म दिने थियौ, आजबाट माग्ने भयौं’ उद्दरण गरिएका प्ले कार्डहरु बोकेका उनीहरुले सर्वसाधरणसँग एक एक रुपैयाँ भीख मागेका थिए । उनीहरुले युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार