सानेपामा आज काँग्रेस बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने

काठमाडौँ, ९ मङ्सिर – नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा काँग्रेसले आगामी महासमितिको बैठकमा प्रस्तुत गर्ने पार्टीको विधान मस्यौदामाथि छलफल हुनेछ ।

पार्टीका महामन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा गठित विधानको मस्यौदा समितिले तयार पारेको मस्यौदालाई बैठकमा प्रस्तुत गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार