काठमाडौं, ११ मङ्सिर – त्रिभुवन शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारले आफूसंग गरेको सहमति अविलम्ब कार्यान्वयन गर्न माग गरेकाछन् ।अस्पताल परिषरमै हिज पत्रकार सम्मेलन गर्दै डा केसीले आगामी पुष २ गतेसम्म सहमति कार्यान्वयन नभए पुनस् अनसन बस्ने चेतावनी दिएका हुन् ।
यस पटक उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन समेत माग गरेकाछन् । यस्तै काठमाडौं विश्वविद्यालयले बढाएको शुल्क तत्काल फिर्ता गर्न समेत उनकाे माग रहेको छ ।