काठमाडौँ, १४ मङ्सिर – नेपालमा बाणिज्य शिक्षाको ईतिहास रच्ने व्याक्तित्व ईस्वरीलाल श्रेष्ठको यहि मंसिर ३ गते निधन भएको छ । उनले बि.सं २०११ सालमा नेपालमा बाणिज्य शिक्षाको सुरुवात गरेका हुन् ।
तत्कालिन नेशनल कलेज बाट सुरुगरिएको बाणिज्य शिक्षा हाल शंकरदेब क्याम्पसमा विभिन्न कार्यक्रम सहित संचालन भईरहेको छ । हाल त्यस क्याम्पसमा MBA, MBM, BBA, BIM, BBM, BBA-Finance र BBS कार्यक्रम सहित संचालन भईरहेको छ ।
स्वर्गिय श्रेष्ठको निधनमा शोक मनाउन शंकरदेब क्याम्पसमा क्यापस प्रसासन, पुर्व प्रध्यापक तथा कर्मचारी समाजको संयुक्त प्रयासमा श्रद्घाञ्जली सभाको आयोजना गरिएको थियो । उक्त सभामा क्यापस पमुख कृष्ण प्रसाद आचार्य तथा, पुर्व प्रध्यापक कर्मचारी समाजका अध्यक्ष अच्युतराज भट्टराईले स्वर्गिय श्रेष्ठको योगदान वारे चर्चा गर्दे बाणिज्य एवं गुणस्तरिय शिक्षाको गुणात्मक विकाश नै वहाँप्रतिको सच्चा श्रद्घाञ्जली हुनेछ भन्नुभयो । सो अवसरमा बरिष्ठ प्रध्यापक उपेन्द्र बहादुर प्रधानाङ्ग तथा रजनी श्रेष्ठले उहाँको जिवनिबारे चर्चा गर्नुभएको थियो ।