सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” दोस्रो मासिक लक्की ड्रमा बिनोद अग्रहरी

काठमाडौं, १७ मंसिर – सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत मलेसियाको मर्चण्ट्रेड बाट पैसा पठाई दोस्रो महिनाको मासिक लक्की ड्र मा पर्साका बिनोद अग्रहरीले  रु १००,००० को  हातपारेका छन् ।

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले रु १०,००० र १ जनाले रु १००,००० जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बिच उक्त नगद पुरस्कार हस्तान्तरण गरियो । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले रु १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२,००,००० सम्म जित्न सक्ने छन् ।

यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार