काठमाडौं, १७ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीमा रहने सदस्यहरूको नाम टुंगो लगाएको छ। मंसिर १२ गते बेलुकी सम्पन्न नेकपाको सचिवालय बैठकले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबाट नेकपाको सातवटै प्रदेश कमिटी एकीकरणको टुंगो लगाएको हो।
यसअघि, नेकपाले प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ। १२ गतेको बैठकले प्रदेश कमिटी टुंगो लगाए पनि नामावली भने सोमबार मात्र सार्वजनिक गरेको हो।
पार्टी एकताकै क्रममा अझै नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनहरूको एकीकरण तथा जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ। उक्त एजेन्डामा आगामी सचिवालयमा मात्र छलफल हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आइतबारको निर्णय अनुसारप्रदेश १ मा तत्कालिन एमालेको १ सय २२ र माओवादीको ८५ जना गरी २०७ सदस्य बनाइएको छ। त्यसैगरी प्रदेश २ मा तत्कालिन एमाले र माओवादीबाट १०६/१०६ र पछि पार्टीमा आएको तत्कालिन राष्ट्रिय जनता दलका तीन सदस्य छन्।
प्रदेश ३ को २१७ सदस्यमा तत्कालिन एमालेबाट ११६ र माओवादीबाट १०१ छन्।त्यस्तै गण्डकी प्रदेश कमिटीमा साविक एमालेबाट १०२ र माओवादी ८५ छन्।