मेरो नेतृत्वमा कांग्रेसलाई बहुमत दिलाऊँन सक्छु भन्ने नेता को हुनुहूंँछ ? – युवानेता राठोर

काठमाडौं, २२ मंसिर — नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टिका केन्द्रीय सदस्य युवानेता किशोर सिंह राठोरले पार्टी बलीयो बनाउने हो भने नेताहरूले त्याग गर्न सक्नु पर्ने बताऊनु भएको छ । कृष्ण प्रसाद भट्टराईको आदर्शमा हिडेका अनुशासित र कड़ा स्वभाबको ब्यक्तित्व रहेका राठोरले पार्टी भित्र अनुशासन हुनु पर्यो, जनताको पक्षमा सबै मिलेर काम गर्ने बाताबरण हुनु पर्यो उहाँले भन्नु भयाे ।

पटक पटक समानुपातिक र आरक्षणको सुबिधा आफु मात्र उपभोग गर्ने, राजनीति जनताको बिकाश र समृद्धिका लागी गरेको हो की आफु पदमा बसीरहनका लागी भन्ने प्रश्न बैठकमा गर्नु भयो ?

पटक पटक एकै ब्यक्ति माननीय र मन्त्री बनी रहने पदलोलुप प्रबृति प्रति प्रहार गर्दै राठोरले भन्नु भयो ‘राजनीति देश र जनताको लागी गरेको हो भने कुनै पनि ब्यक्ति ३ पटक भन्दा बढी माननीय हुन नपाउने, केन्द्रीय सदस्य हुन नपाउने र एक पटक भन्दा बढ़ी समानुपातिक र आरक्षणको सुबिधा लीन नपाउनु पर्ने बिधान बनाउनु पर्ने ‘बताऊनु भयो ।

बिशेष परिस्थितिमा ३ पटक बढ़ी चुनाव लड़नु पर्ने भएमा कारण खुलाई क्षेत्र परिवर्तन गरेर लडन सक्ने व्यवस्था गर्नु पर्ने बताऊनु भयो । निर्बाचनमा पार्टी पराजयको कारण नेतृत्वको आलोचना गर्दै पार्टी भित्र ७० बर्ष उमेर लगाउनु पर्ने भन्ने अभियान चलाउनेहरू प्रति संकेत गर्दै उहाँले – को हो ? कस्क़ो नेतृत्वमा जादा कांग्रेसले चुनाव जीत्छ ? को हुनुहूंछ मेरो नेतृत्वमा जादा म कांग्रेसलाई जिताउछु भन्न सक्ने ?

ल आऊनुहोस छलफल गरौ ! अझ अगाडि मीडियामा चर्चामा आऊँन चाहने युवानेताहरू प्रति संकेत गर्दै भन्नु भयो बाहिर बाहिर पार्टी सुधार्छौ भन्ने केन्द्रीय समिति बैठकमा बोल्न नसक्ने, नीति र विधान बनाउने बैठकमा अनुपस्थित हुने अनि कसरी हूंछ सुधार ?

आजको बैठकमा केन्द्रीय सदस्यहरू गोपालमान श्रेस्ठ, प्रकाशमान सिंह, दीपक गिरी, मोहन बस्नेत लगाएतले आफ्नो धारणा राख्नु भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार