बैठक बस्ने दिन पनि पर्खाएर अपमान ! बैठक प्रधानमन्त्रीनिवासमा होइन – वामदेव गौतम

काठमाडौं, २३ मङ्सिर  – पार्टीको बैठक बोलाउने, पटकपटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताले केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बोलाइएको बैठकमा पनि कुराएर अपमान गरिएको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बहिष्कार गरेका हुन् ।  यस विषयको चुरो कुरो के हो गौतम भन्नुहुन्छ ।

सरकारीनिवास बैठक बसेकोमा पनि आपत्ति हो ?
शनिबार हामीले त्यो कुरा उठाउन पाएनौँ । तर, भविष्यमा उठाइनेछ । हरेक बैठक प्रधानमन्त्रीनिवासमा हुन सक्दैन, पार्टी कार्यालयमै बस्नुपर्छ भन्ने मेरो मान्यता हो ।

आगामी सचिवालय बैठकमा म यो कुरा राख्छु । प्रधानमन्त्री शक्तिशाली हुनुहुन्छ, प्रधानमन्त्रीकै अध्यक्षतामा प्रधानमन्त्रीनिवासमा बैठक बस्छ, अनि अनेक हिसाबले त्यो प्रभावित हुने स्थिति पार्टी कार्यालयमा बस्दा हुनेछैन, त्यसैले पार्टी कार्यालयमै बैठक बस्नुपर्छ । प्रधानमन्त्री पार्टी कार्यालय जान सक्नुभएन भने अर्को अध्यक्षको नेतृत्वमा बस्छ । नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार