प्रदेश २ मा आज र भोलि सार्वजनिक बिदा दिने निर्णय

जनकपुर, २५ मंसिर – विवाह पञ्चमीका अवसरमा प्रदेश २ ले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले मंसिर २५ र २६ गते अर्थात आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो ।

जनकपुरधाममा जारी सप्ताहव्यापी महोत्सवको चौथो दिन सोमबार राममन्दिरको रामवागमा भगवान् रामको तिलकोत्सव सम्पन्न भएको छ । यस पटक जानकी मन्दिरबाट एक हजार एक भार (कोशेली) राममन्दिरमा भगवान् रामको तिलकका लागि गएका थिए ।

यसैबीच भारतको रामजन्मभूमि अयोध्याबाट ३५० को सङ्ख्यामा जन्ती जनकपुरधाम आइपुगेका छन् । जन्तीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ ।  जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीलाई भव्यरूपमा मनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार