को हुन भावी प्रधानन्यायाधिस चोलेन्द्र ? अनि कस्तो थियो उनको विगत ?

काठमाडौं, २८ मंसिर – ११ साउन २०५८ सालमा तात्कालीन पुनरावेदन अदालतको एउटा इजलासले तास खेल सम्वन्धि एउटा फैसला गर्यो । ‘तासको मेरिज खेल जुवा होइन’ भनेर ।

फैसला गर्ने मध्येका एक न्यायाधीश चोलेन्द्र शमशेर जवरा थिए, जसलाइ संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रुपमा सिफारिस गर्दै संसदीय सुनुवाइ बिशेष समितिमा सुनुवाइका लागि पठाउने निर्णय गरिसकेको छ ।

यद्यपी त्यो फैसलाको पाँच बर्षपछि सर्वोच्च अदालतको इजलासले जवरा संलग्न इजलासको त्यो फैसला उल्टायो । तासको मेरिज खेललाइ जुवाभित्र राख्यो । (हेर्नुस फैसला तल)

सर्वोच्च प्रवेश नै बिवादित

२०७१ सलामा बसेको न्यायापरिषद बैठकले जवरासहित आठ जना न्यायाधीशलाइ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्यो । शिफारिसमा पर्नेमध्येका संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत भइसकेका दीपकराज जोशी, बिवादकै वीच बिचैमा प्रधानन्यायाधीशको पद गुमाएका गोपाल पराजुली पनि थिए । उ वेला संसदीय सुनुवाइमा बहु बिवादको घेरामा परेका न्यायाधीश हुन जवरा ।

१२ जेठ २०७१ मा भएको आठ जना न्यायाधीशको सुनुवाइमा तात्कालीन एमाले, नेकपा माओबादी सहित पाँच दलले जवरालाइ सर्वोच्चको न्यायाधीशका रुपमा अस्वीकृत गर्ने पक्षमा हस्ताक्षर गरे । ७७ सदस्यीय सुनुवाइ समिति ९सो दिन ७३ सदस्य उपस्थित थिए० मा कांग्रेस र मधेशी दलको  वर्चस्वका कारण पाँचदलको राय अल्पमतमा पर्यो । पराजुली र जोशी संगै जवराले पनि सर्वोच्च प्रवेश गर्ने अवसर पाए ।

त्यसवेला जवराबिरुद्ध परेका उजुरी जस्ताको तस्तै

१.    कारवाहीको लागि सिफारिस भएका, आर्थिक अपचलनको दाग बोकेका व्यक्ति भएको ।

२.  सर्वोच्च न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टको इजलासले २०६८ माघ ९ गते तत्कालीन सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरेको फैसलामा राणालगायत तीन न्यायाधीशलाई कारवाही गर्न भनिसकेको । ९जवरा ‘न्याय सम्पादनको काममा विचलित भएको प्रष्ट देखिएको हुँदा ‘प्रचलित कानुन बमोजिम आवश्यक कारवाहीका लागि न्याय परिषद्लाई लेखिपठाउनु’ भनी सो फैसलामा भनिएको छ । ०

३. राणा विशेष अदालतमा हुँदा उनी संलग्न इजलासले भ्रष्टाचारको अभियोग लागेकालाई सफाइ दिएको ।

४. न्यायाधीश सुशील कार्कीको इजलाशबाट पनि जवरालाइ कारवाही गर्नु भनी सिफारिस गरिसकिएको ।

४.  न्यायपरिषद्ले जवरालाई पुनरावेदनको मुख्य न्यायाधीश बनाउनै अस्वीकार गरेको ।

५. तात्कालीन न्यायपरिषद् सदस्य श्री खेमनारायण ढुंगानाले चोलेन्द्र शम्शेर जवराकी आमाका हातबाट टिका लगाउँदै आएकोले समेत निजको सिफारिसमा खेमनारायण ढुंगानाको विशेष हात रहेको  ।

७.  जवराको न्याय सेवामा प्रवेश नै दुषित र षड्यन्त्रबाट भएको  ।

८. तासको मेरिज खेललाई निजले जुवाभित्र पर्दैन भनी फैसला गरेको ।

९.  काठमाडौं महानगरपालिकाको कानुन अधिकृत हुँदा नक्सा पासको लागि घुस खाएको ।

पराजुली हटाउदाको गुण पनि

चोलेन्द्र शमशेर जबरा भित्र छिरे, कुर्सीमा बसे र खल्तीबाट एउटा कागज झिकेर पढ्न थाले, ‘‘सम्माननीय प्रधान न्यायाधीश श्री गोपाल पराजुलीज्यू मिति २०७४।४।२१ मा नै अवकास प्राप्त भइसकेको अवस्था रहेकोले उहाँले तोक्नु भएको कजलिष्टबमोजिमको आज मिति २०७४।११।२८ गते सुनुवाईका लागि तोकिएका प्रस्तुत मुद्दाहरु नैतिक र कानुनी दृष्टिले हेर्न मिलेन‘

पराजुलीको उमेर बिवाद उत्कर्षमा रहेका बेला पराजुलीसंगै उनले मुद्धा हेर्न अस्वीकार गर्दै राय लेखेपछि पराजुली अन्तत कार्यकाल नसकिदै वाहिरिनुपरेको थियो ।

त्यसवेला पराजुलीलाइ हटाउन लाग्नेहरुका लागि यो उनले लगाएको सवैभन्दा ठुलो गुण थियो ।

शुसीलाको महाअभियोग सामना

कांग्रेस सभापति शेरबहादुर देउवाकै सक्रियतामा तात्कालीन प्रधानन्यायाधीश शुसीला कार्कीलाइ महाअभियोग प्रस्ताव दर्ता भयो । सो प्रस्ताव बिरुद्ध सर्वोच्चमा परेको रिटमा उनले भावुक आदेशमार्फत महाअभियोग प्रस्ताव अवैध ठहर गरिदिए ।

वर्तमान सरकारमा रहेका तात्कालीन एमाले र नेकपा माओबादी त्यसवेला शुसीलाको पक्षमा थिए । चोलेन्द्रको फैसलाले उनीहरुमा उत्साह आयो । हालको नेकपा उनीसंग खुसी कांग्रेस वेखुसी भयो । अन्तत नेकपा नेता बर्चस्व भएको संवैधानिक परिषदबाट उनी प्रधान्यायाधीशमा सिफारिसमा परेका छन् ।

बिवादको वाक्लो घेरा

राजपरिषद् स्थायी समिति सदस्यसमेत रहेका बाबु युवराजशमशेर जवराको पहलमा उनी काठमाडौं नगरपालिकामा कर्मचारी नियुक्त भए ।

२०५२ मा सुरेन्द्रप्रसाद सिंह प्रधानन्यायाधीश नियुक्त हुनै लाग्दा उनीविरुद्ध राणाले उमेर सच्याएको आरोप लगाउँदै रिट दायर गरे । पछि र आफ्नो रिटको विपक्षमा बहस गरे ।

रिट निवेदकले नै विपक्षमा बहस गरेपछि रिट खारेज भयो र सिंह प्रधानन्यायाधीश भए । संयोग मान्नुपर्छ, ३० चैत, २०५२ मा उनी  पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भए । जुनवेला सिंह प्रधानन्यायाधीश थिए ।

पुनरावेदन अदालत, विराटनगरमा छँदा राणाले म्यारिज जुवा होइन भनेर विवादास्पद फैसला गरेका थिए ।

भूपध्वज अधिकारीको अध्यक्षतामा कोमलनाथ शर्मा र राणा सदस्य भएको विशेष अदालतका इजलासबाट फैसला भएका भ्रष्टाचारका अधिकांश मुद्दा विवादास्पद भए ।

अख्तियारले मुद्दा दर्ता गर्न ढिलो ल्याएको भन्दै अभियोगपत्रको तथ्यमै प्रवेश नगरी शक्तिशाली नेता र प्रशासकका मुद्दा राणासमेतको इजलासले खारेज गरिदियो । तथ्यमा प्रवेश गरेका मुद्दामा पनि सफाइ दियो ।

२० माघ २०६२ देखि १९ कात्तिक २०६५ को बीचमा उक्त बिशेष अदालतले अकुत सम्पत्तिसम्बन्धी ३६ मुद्दा फैसला गरेकामा ३५ मुद्दाका अभियुक्तलाई सफाइ दियो ।

सफाइ पाउनेमा गोविन्दराज जोशी, खुमबहादुर खड्का, जयप्रकाशप्रसाद गुप्ता, रवीन्द्रनाथ शर्मा, गोकर्ण पौडेल, कल्याण तिमिल्सिना, किरण गौतमलगायतका राजनीतिज्ञ छन् ।

सर्वोच्च अदालतको अनुगमन निरीक्षणले ती मुद्दाका फैसला कमजोर रहेको टिप्पणी उठायो । अख्तियारले सर्वोच्चमा बिशेषका फैसला बिरुद्ध गरेको पुनरावेदनमा सर्वोच्चका न्यायाधीशका दुइबटा वेग्लावेग्लै बेन्चले राणाका कमजोरी प्रष्ट ओल्याउदै न्यायीक टिप्पणीसमेत गर्यो ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न वसेको बैठकमा सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशका रुपमा न्याया परिषद सदस्य रहेका राककुमार प्रसाद साहले त जवरा र सुनुवाइ समितिबाट अस्वीकृत भइसकेका दीपकराज जोशीको नियुक्ति सिफारिसमा नोट अफ डिसेन्ट समेत लेखे ।

यी यावत प्रकरणका वीच सर्वोच्च प्रवेश गरेका राणा अन्तत संसदीय सुनुवाइ समिति समितिको अंक गणितीय खेलका कारण सर्वोच्चको न्यायाधीशमा अनुमोदित भएका थिए ।

संकटमा नेकपा

संवैधानिक परिषदले जवरालाइ प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सवैभन्दा ठुलो नैतक संकटमा अव नेकपा पर्ने देखिन्छ ।

यसअघिका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाइ सर्वोच्च प्रवेश गर्दा लगाएका आरोपसंग जोडेर सुनुवाइ समितिको दुइ तिहाई बहुमतबाट जोशीलाई अस्वीकार गरिएको थियो ।

प्रस्तावित प्रधानन्यायाधीश जवरालाई पनि सर्वोच्च प्रवेश गर्दा ठीक यस्तै आरोप लगाएर तात्कालीन एमाले नेकपा माओबादी सहितका पाँच दलले अनुमोदनको बिपक्षमा मतदान गरेका थिए । जोशीलाई शैक्षिक प्रमाणपत्रको नया अभियोग वाहेक सवै पुरानै अभियोग लगाएर हटाएको नेकपाका सांसदले  अव जवरालाइ उस्तै अवस्थाका जवरालाइ कसरी अनुमोदन गर्छ ,हेर्न वाँकी छ । जवरालाइ अनुमोदन गर्ने निर्णय भएमा जोशीमाथि लगाइएको अभियोग फेरि एकपटक नेकपाले पुष्टि गर्नुपर्नेछ ।

अनुमोदन नभए ८ महिना कामु

जवरापनि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएनन भने सर्वोच्च अदालतको नेतृत्वलाइ लिएर संकट आउने देखिन्छ । यस्तो अवस्था आए अर्को आठ महिना सर्वोच्च फेरि कायम मुकायम नेतृत्वमा चल्नसक्छ ।

संबिधानअनुसार सर्वोच्चमा तीनबर्ष काम गरिसकेका न्यायाधीशमात्र प्रधानन्यायाधीशमा योग्य हुन्छन् । सर्वोच्चमा हाल जोशी र जवराको मात्र यो योग्यता पुग्छ । जोशी यसअघिनै अस्वीकृत भइसकेको र जवरालाइ सुनुवाइ समितिले अस्वीकार गरे त्यसपछि प्रधानन्यायाधीश बन्ने योग्य व्यक्ति सर्वोच्चमा छ्रैनन ।

जवराभन्दा रोलक्रममा तल रहो सवै न्यायाधीशहरु १७ साउन २०७३ मा नियुक्त भएका हुन । उनीहरुको प्रधानन्यायाधीश बन्ने योग्यता १७ साउन २०७६ मा मात्र पुग्छ । सो समय आउन अझै आठ महिना वाँकी छ ।

जवरा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भए कि संबिधान संसोधन गर्नुपर्ने वाध्यता छ ।

होइन भने रोलक्रममा जवरापछि रहेका न्यायाधीश दीपक कुमार कार्की तीन बर्ष अवधि नपुगेसम्म ९१७ साउन २०७६ सम्म कायम मुकायम भएर सर्वोच्च अदालत हाक्ने अवस्था आउने छ ।

यस्तो छ तासको मेरिज वारे सर्वोच्चको फैसला

निर्णय नं. ७७७४ – जुवा तास
भागस् ४८ सालस् २०६३ महिनास् माघ अंकस् १०
फैसला मिति स्२०६३र१०र०१ ९३०

निर्णय नं. ७७७४ ने.का.२०६३ अङ्क १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

सम्वत २०५९ सालको फौ.पु.नं. स् ३२३०

फैसला मितिः २०६३।१०।१।२

मुद्दाः जुवा तास ।

पुनरावेदक र वादी प्रहरी निरिक्षक राजेन्द्र ढकालको प्रतिवेदनले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी र प्रतिवादीः जिल्ला मोरंग विराटनगर उप महानगरपालिका वडा नं। ४ बस्ने भाईराजा प्रधान समेत

जुवा ऐन, २०२० को दफा २ मा “जुवा” भन्नाले “सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगका आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनु पर्दछ” भन्ने उल्लेख भएबाट के स्पष्ट हुन आउँदछ भने जुवा खेल खेल्नको लागि सम्पत्तिको हारजित, संयोग र खेल खेल्दा बाजी थाप्ने जस्ता कार्यहरुको विद्यमानता हुनुपर्ने ।
तासको मेरिज खेलमा पक्षहरुको बीचमा धन सम्पत्तिको हार जित हुने, संयोग नपर्ने पक्षले वाजी गर्न नसक्ने, संयोग परी वाजी गर्नेले वाजी गरे बापत धन, रुपैंया पैसा, सम्पत्ति प्राप्त गर्ने, वाजी गर्न नसक्नेले धन सम्पत्ति हार्ने जस्ता कार्यहरु तासको मेरिज खेलमा पनि विद्यमान हुने भएकोले तासको मेरिज खेललाई जुवा होइन भन्न सकिने अवस्था नरहने ।
(प्रकरण नं.४५०)

बरामदी मुचुल्कामा बस्ने लक्ष्मीप्रसाद निरौला समेतका व्यक्तिहरुले प्रतिवादीहरुबाट रकम बरामद भएको हामीहरुले देखेको होइन । केवल मुचुल्कामा वसि दिनु होस भनेकोले वसी दिएको हौं भनी अदालतमा आई वकपत्र गरी दिएका छन् । वादी पक्षबाट प्रतिवादीहरु मध्ये कोबाट कति रकम बरामद भएको हो किटानी साथ भन्न नसकेको अवस्थामा प्रतिवादीहरुले पैसाको हारजित हुने गरी तासको मेरिज खेल खेलेका हुन नै भन्ने कुरा पुष्टि हुन नआएबाट निजहरुले जुवा ऐन, २०२० को दफा ३९१० अनुसारको कसूर गरेको देखिन नआउने ।
(प्रकरण नं.४६०)

तास, जुवा र रुपैंया पैसा बाजी राखी खेलिने तासको मेरिज खेल जुवा नै हो भन्ने एकिन भएतापनि प्रतिवादीहरुले तासको मेरिज खेल खेली जुवाको रुपमा वाजी थापी हारजित गरेको भन्ने अभियोग दावीमा उल्लेख भए अनुसार कुनै प्रमाणबाट पुष्टि हुन आएको नदेखिदा अभियोग दावीबाट सम्म सफाई पाउने ठहर गर्नुपर्नेमा तासको मेरिज खेललाई जुवाको परिभाषा भित्र नपर्ने भनी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सो हदसम्म केही उल्टी हुने ।
९प्रकरण नं।४७०

पुनरावेदक वादी तर्फबाट स् उपन्यायाधिवक्ता श्री शरद खड्का

प्रत्यर्थी प्रतिवादी तर्फबाट स् विद्वान अधिवक्ता श्री दिपेन्द्रराज वस्नेत

अवलम्वित नजीरः

फैसला

१. न्या. राजेन्द्रप्रसाद कोइराला स् पुनरावेदन अदालत विराटनगरबाट मिति २०५८।४।११ मा प्रतिवादीहरुलाई अभियोग दावीबाट सफाई दिने ठहराई भएको फैसला उपर चित्त नबुझी वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यस प्रकार छः–

२. मिति २०५५।८।२१ गते विराटनगर ४ स्थित रहेको भाईराजा प्रधानको १ तले पक्कि घरको उत्तरतर्फको कोठामा २ समूहमा वसी खाल थापी जुवा ९तास० खेली रहेको अवस्थामा तास वुक थान–६, राडी थान–२ चकटी थान–२, तन्ना थान–१, टेवुल पोस थान–१, इमरजेन्सी लाईट थान–१ र नगद रु। ५२,१२८।– समेत बरामद गरी तास खेली रहेको भरत प्रधान, भरत खड्का, इन्द्र कार्की, पुनमचन्द्र दुगड, खेमचन्द्र जैन, नरेश प्रधान, रोशन थापा, गंगा बहादुर क्षेत्री, सुदिप श्रेष्ठ र घरधनी भाइराजा प्रधान समेत १० जनालाई प्रहरीले पक्राउ गरेको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।

३. मिति २०५५।८।२१ गते भाईराजाको घरमा जुवा खेल भै रहेको सुराक पाई सो घरमा गै तलासी गर्दा कोठा भित्र २ समूहमा खाल थापी जुवा ९तास० खेली रहेको अवस्थामा राडी, तास, तन्ना, चकटी, इमरजेन्सी लाईट, टेवलपोस नगद रु। ५२,१२८।– बरामद गरी भाइराजा प्रधान, भरत प्रधान, नरेश प्रधान, भरत खड्का, इन्द्र कार्की, पुनमचन्द्र दुगड, खेमचन्द्र दुगड, रोशन थापा, गंगा बहादुर क्षेत्री, सुदिप श्रेष्ठ समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि दाखिला गरेको छु भन्ने समेत व्यहोराको प्रहरी निरिक्षक राजेन्द्र ढकालको प्रतिवेदन ।

४. विराटनगर–४ बस्ने भाईराजा प्रधानको घरमा अवैध जुवा खेलाई रहेको छ भनी प्राप्त सुराक अनुसार निजको घरमा गई हेर्दा निजको घर कोठामा २ समूह गरी जुवा खेली रहेको अवस्थामा फेला परेकोले निज घरधनी भाईराजा प्रधान समेतका १० जना मानिसहरुलाई पक्राउ गरी पठाईएको छ । निजहरुले अवैध जुवा खेले खेलाएकोमा निजहरुलाई कानून बमोजिम कारवाही होस भन्ने समेत व्यहोराको वडा प्रहरी कार्यालय विराटनगरको पत्र ।

५. मिति २०५५।८।२१ गतेका दिन भाईराजा प्रधानको घरमा केही मानिसहरुले हो हल्ला गरी रहेको अवस्थामा म पनि सो स्थानमा पुगेकोले मलाई पनि प्रहरीले पक्राउ गरी यस कार्यालयमा दाखिल गरेको हुन मैले तास जुवा खेलको छैन । अरुले के गरेको हुन मलाई थाहा भएन भन्ने समेत व्यहोराको गंगा बहादुर क्षेत्रीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

६. घर धनी भाईराजा प्रधान मेरो दाजु भाई नाता पर्ने मानिस भएकोले मिति २०५५।८।२१ गतेका दिन निजलाई भेट गर्न गएको बेला प्रहरीले छापा मारी म समेतलाई पक्राउ गरी यस कार्यालयमा दाखिला गरेका हुन, मैले तास जुवा खेलेको छैन । अरुले के गरे मलाई थाहा भएन भन्ने समेत व्यहोराको सुदिप श्रेष्ठको अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

७. जाहेरीमा उल्लेख भएको मिति र समयमा म घर धनी भाईराज प्रधानलाई भेट गर्न भनी गएको थिए । मेरो आँखा कमजोर भएको कारणबाट मैले जुवा तास खेलेको छैन । अरुले के के गरे सो मलाई थाहा छैन । जाहेरीमा उल्लेख भए बमोजिमको सामानहरु घटनास्थलबाटै बरामद भएको हो भन्ने समेत व्यहोराको भरत खड्काले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

८. मिति २०५५।८।२१ गते बजार तर्फ गई रहेको अवस्थामा बाटोमा सुदिप श्रेष्ठसँग भेट भयो । निजले भाईराजा प्रधान विरामी छ भनी भनेकोले म पनि निजको साथमा भाईराज प्रधानको घरमा जाँदा मलाई पनि भाईराजा प्रधानको घरको वरण्डामा पक्राउ गरी यस कार्यालयमा ल्याएका हुन । मैले तास जुवा खेलेको छैन । बरामदी मुचुल्कामा उल्लेख भएको सामान घटनास्थलबाटै प्रहरीले बरामद गरी ल्याएका हुन भन्ने समेत व्यहोराको भरत प्रधानले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

९. मिति २०५५।८।२१ गतेका दिन टेलिफोन गर्नका लागि भाईराजा प्रधानको घरमा जाँदा सोही बेला म लगायत घरधनी समेत १० जनालाई पक्राउ गरी यस कार्यालयमा दाखिल गरेका हुन् । यो बरामद भएको सामान प्रहरीले घटनास्थलबाटै बरामद गरी ल्याएका हुन् भन्ने समेत व्यहोराको इन्द्र कार्कीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

१०. मिति २०५५।८।२१ गतेका दिन दाजु भाईराजा प्रधानका घरमा गै घरायसी कुराकानी गरी रहेको अवस्थामा त्यती खेर प्रहरी आई म समेतका १० जना मानिसलाई पक्राउ गरी यस कार्यालयमा ल्याएका हुन । यसरी बरामद भएका सामान प्रहरीले घटनास्थलबाट बरामद गरी ल्याएका हुन भन्ने समेत व्यहोराको नरेश प्रधानको अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

११. मिति २०५५।८।२१ गतेका दिन सिभिल पोशाकमा प्रहरीहरु आई भाईराजा भन्ने व्यक्ति को हुन् भनी भनेकोले निज घर धनीले भाईराजा भन्ने व्यक्ति मै नै हुँ भनी भनेकोले म समेतका बरामदी मुचुल्कामा उल्लेख भएका मानिसहरुलाई पक्राउ गरी यस कार्यालयमा ल्याएका हुन सो बरामद भएको सामान घटनास्थलबाट ल्याएका हुन भन्ने समेत व्यहोराको पुनमचन्द्र दुगडले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

१२. म घर बाहिर भएकोले म मिति २०५५।८।२१ गतेका दिन भाईराजालाई भेट गर्न भनी आउँदा म निजको घरको पछाडि पुगेको बेला प्रहरीले म समेत १० जनालाई पक्राउ गरी यस कार्यालयमा दाखिला गरेका हुन् । बरामद भएको सामान घटनास्थलबाट ल्याएका हुन भन्ने समेत व्यहोराको रोशन थापाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

१३. मैले भाइराजा प्रधानको घरको गेट बनाएकोले मिति २०५५।८।२१ गतेका दिन सो गेट बनाएको पैसा लिन भनी गएको बेला सोही बखत प्रहरी टोली पनि आई पुगी म समेत १० जनालाई पक्राउ गरी यस कार्यालयमा दाखिला गरेका हुन् । यो बरामद भएको सामान घटनास्थलबाटै बरामद गरी ल्याईएका हुन भन्ने समेत व्यहोराको खेमचन्द्र जैनले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

१४. मलाई विभिन्न किसिमको रोग भएको कारणबाट मलाई प्रायजसो मानिसहरुले भेट गर्नको लागि बराबर आउने जाने गरी रहेका थिए । मिति २०५५।८।२१ गतेका दिन मेरो घरमा तास जुवा खेल भएको होइन । यो बरामद भएको बरामदी मुचुलकामा उल्लेख भएको सबै सामानहरु मेरै घरबाट बरामद गरी ल्याएका हुन भन्ने समेत व्यहोराको घरधनी भाईराजा प्रधानले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

१५. मिति २०५५।८।२१ गते प्रतिवादी भाईराजा प्रधानको घरमा खाल थापी तास जुवा खेलाएको सम्बन्धमा घर धनी भाइराजा प्रधान समेतका मानिसहरुलाई गस्ती प्रहरीले पक्राउ गरी लिई गएका हल्ला सुनी थाह पाए । निजहरुलाई खाल थापी तास जुवा खेल खेलाएको मैले देखेको छैन भन्ने समेत व्यहोराको जोती होमागाई, नरेश नेपाल, महेश हुमागाई समेतले गरी दिएको मिति २०५५।८।२३ को वस्तु स्थिती मुचुल्का ।

१६. प्रतिवादी भाईराजा प्रधानले सम्पत्ति हार्ने जित्ने गरी तास ९जुवा० खेलाई जुवा ऐन, २०२० को दफा ३९१० को कसूर गरेको देखिन आएको र अन्य विरूद्ध खण्डमा उल्लेखित प्रतिवादीहरुले नगद हार्ने जित्ने गरी तास खेली सोही ऐनको सोही दफाको कसूर गरेको देखिन आएकोले सो कसूरमा पहिलो पटक कायम गरी प्रतिवादी मध्ये भाईराजा प्रधानलाई सोही ऐनको दफा ४ ९ख० बमोजिम सजाय हुन र अन्य प्रतिवादीहरु पुनमचन्द्र दुगड, भरत खड्का, भरत प्रधान, गंगा बहादुर क्षेत्री, खेमचन्द्र जैन, रोशन थापा, सुदिप श्रेष्ठ, इन्द्र कार्की, नरेश श्रेष्ठ समेतलाई पहिलो पटक कायम गरी सोही ऐनको दफा ४९क० बमोजिम सजाय हुन तथा जुवामा प्रयोग भएको नगद उपभोग गर्ने मनसायले लगिएको नगद रु। ५२,१२८।– जिन्सी सामान राडी थान–२ चकटी थान–२, तन्ना थान–१ टेवल पोस थान–१ इमरजेन्सी लाईट थान–१, तास वुक–६ समेत ऐ। ऐनको दफा ५ बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०५५।८।२३ को अभियोग पत्र ।

१७. बरामद गरेको तास, पैसा र सामान समेतको सम्बन्धमा मलाई थाहा छैन । मैले तास खेलेको छैन, मलाई विरामी हेर्न जाँदा विरामी व्यक्तिको बरण्डाबाट पक्राउ गरेको हो । म निर्दोष हुँदा सजाय हुने होइन भन्ने समेत व्यहोराको प्रतिवादी भरत प्रधानले मिति २०५५।८।२३ मा अदालतमा गरेको बयान ।

१८. भाईराजा प्रधान विरामी भएको कारणबाट म र उहाँका साथीहरु त्यहाँ विरामी हेर्न गएका थियौं । मैले तास खेलेको होइन । अन्य प्रतिवादीहरुले तास खेलेको मलाई थाहा छैन । प्रहरीले मेरो साथबाट नगर प्रहरीमा रु। २९७५।– बरामद गरी प्रहरीले लिएका हुन् । बरामदी मुचुल्कामा मेरो सही छैन । नगद भाईराजाको घर घटनास्थलबाट बरामद भएको होइन । मानिस बसेको घरबाट राडी, तन्ना बरामद हुनु कुनै नौलो कुरा होइन भन्ने समेत व्यहोराको प्रतिवादी नरेश प्रधानले मिति २०५५।८।२३ मा अदालतमा गरेको बयान ।

१९. मैले तास खेलेको होइन । मेरो आँखाको विरामी हुँदा मैले तास खेल्ने कुरै भएन । म भाईराजासँग बसेर गफ गरी रहेको ठाउँबाट प्रहरीले तानेर अर्को कोठामा लैजादा अन्य प्रतिवादीहरुलाई देखेको हुँ । मैले सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी भरत खड्काले मिति २०५५।८।२३ मा अदालतमा गरेको बयान ।

२०. मैले अभियोग दावी अनुसार कसूर गरेको नहुँदा सजाय पाउनु पर्ने होइन । बरामद भएका सामान कहाँबाट कसले बरामद गरेर ल्याएका हुन मलाई थाहा छैन । पैसा नगर प्रहरीमा साथीहरुको साथबाट बरामद गरी निकालेका हुन् । क कसको कति थियो मलाई थाहा भएन मेरो साथमा पैसा थिएन म बाट बरामद भएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी इन्द्र कार्कीले मिति २०५५।८।२३ मा अदालतमा गरेको बयान ।

२१. प्रहरीले मेरो घरबाट पैसा बरामद गरेको होइन । नगर प्रहरीमा ल्याएपछि पैसासाथबाट निकालेका हुन । नगर प्रहरीमा मेरो साथबाट पनि रु। १५००।– बरामद गरेको छ । राडी तन्ना मेरो विछौनाबाट र चकडी साथीहरु बसेको ठाउँबाट मेरो सामान बरामद गरी ल्याएका हुन । तास र पैसा मेरो घरबाट बरामद भएको होइन । म शारिरीक रुपले अशक्त व्यक्तिले अभियोग दावी अनुसारको कसूर गरेको नहुँदा सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी भाईराजा प्रधानले मिति २०५५।८।२३ मा अदालतमा गरेको बयान ।

२२. मलाई भाईराजाको बैठक कोठामा वसी रहेको अवस्थामा पक्राउ गरेको हो । मलाई तास खेल्न आउँदैन म सो ठाउँमा तास खेल्न गएको थिईन । पैसा उठाउन गएको थिएँ । मेरो झ्याल ढोकामा प्रयोग हुने ग्रीलको कारखाना छ । भाईराजाले ग्रील लगेको हुँदा सोही पैसा उठाउन भाईराजाको घरमा गएको हुँ । म उपरको दावी झुठ्ठा हो । सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी खेमचन्द्र जैनले मिति २०५५।८।२३ मा अदालतमा गरको बयान ।

२३. बरामद भएको राडी, तन्ना, चकटी, इमरजेन्सी लाईट, टेवुल पोस भाईराजा प्रधानको हो । तास प्रहरीले कहाँबाट ल्याए मलाई थाहा छैन । रुपैंया हामी सबैको हो । नगद रु। ५२,१२८।– मध्ये मेरो रु। ३०७० हो । अरु क–कस्को हो मलाई थाहा छैन । तास जुवा खेलेको नहुँदा सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी पुनमचन्द्र दुगडले मिति २०५५।८।२३ मा अदालतमा गरेको बयान ।

२४. बरामद भएको नगद मध्ये रु। ५२,१२८।– मध्ये मबाट रु। ७०००।– प्रहरीले नगर प्रहरीमा ल्याई खल्तीबाट निकाल्न लगाई बरामद मुचुल्कामा देखाएको रुपैया हो । तास प्रहरीले कहाँबाट ल्याए मलाई थाहा छैन । राडी, तन्ना आदि सामान भाईराजाको घरबाट ल्याएका हुन । मैले तास खेलेको नहुँदा सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी गंगा बहादुर क्षेत्रीले मिति २०५५ साल मार्ग २३ गते अदालतमा गरेको बयान ।

२५. बरामदी मुचुल्कामा बरामद भएको सामान प्रहरीले लिएर आउँदा देखेको हुँ । मलाई प्रहरी कार्यालयमा खान तलासी गर्दा मेरो साथबाट रु। ८४५५।– रुपैया लगेको हो । मैले तास जुवा खेलेको नहुँदा सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुदिप श्रेष्ठले मिति २०५५।८।२३ मा अदालतमा गरेको बयान ।

२६. मिति २०५५।८।२१ गते अन्दाजी २ बजेको समयमा भाईराजा प्रधान विरामी छन् भन्ने सुनी हेर्न गएको थिए । प्रहरीले तास कहाँबाट ल्याए थाह छैन । प्रहरीले मेरो साथबाट नगर प्रहरीमा तलासी लिदा रु। १०,५२३।– बरामद गरेको हो । तास जुवा खलेको नहुँदा सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी रोशन थापाले मिति २०५५।८।२३ मा अदालतमा गरेको बयान ।

२७. हाल प्रतिवादीहरुलाई जनही रु। १००।– नगद धरौट वा सो रकम खाम्ने जेथा जमानी माग गरी दिन सके तारेखमा राखी र दिन नसके ‘ख’ श्रेणीको सिधा खुवाई अ।वं। १२१ नं। अनुसार को थुनुवा पूर्जि दिई थुनामा राखी पूर्पक्ष गर्नु भन्ने समेत व्यहोराको मोरङ जिल्ला अदालतको मिति २०५५।८।२३ को आदेश ।

२८. भाईराजा विरामी थिए । हेर्ने मानिस आउने जाने गरी रहन्थे । तर, जुवा तास खेलेको होइन । तास जुवा खेल्ने अपराध भएको थिएन भन्ने समेत व्यहोराको प्रतिवादी भाईराजाको साक्षी जोती हुमागाँईले अदालतमा गरेको वकपत्र ।

२९. भाईराजा विरामी भएकोले हेर्न जाने आउने मानिस हुन्थे । हामी साथी भाई गई रहन्थ्यौं । त्यसै वखत नरेश प्रधान पनि आए । भित्र पस्नु भयो । त्यसै वखत ८।१० जना साधा पोशाकमा प्रहरीहरु आई विरामी हेर्ने र विरामी समेतलाई पक्राउ गरी लगे । त्यहाँ तास खेलेको थिएन भन्ने समेत व्यहोराको प्रतिवादी नरेश प्रधानको साक्षी पशुपति पाण्डेले अदालतमा गरेको बकपत्र ।

३०. प्रहरीले मुचुल्कामा सही गरी दिनु होस भन्दा मैले सही गरेको हुँ । जुवा खेले नखेलेको सम्बन्धमा मलाई थाहा छैन भन्ने समेत व्यहोराको बरामदी मुचुल्कामा लक्ष्मीप्रसाद निरौलाले अदालतमा गरेको वकपत्र ।

३१. भाईराजा विरामी भएकोले निजलाई हेर्न सान्त्वना दिन मानिसहरु आएका हुन । जुवा तास खेलेको होइन छैन भन्ने समेत व्यहोराको सर्जमिनका मानिस गणेशप्रसाद भट्टराईले अदालतमा गरेको बकपत्र ।

३२. मैले सामान तथा रकम बरामद भएको मैले देखिन । प्रहरीले यसमा सही गरी दिनुहोस भन्दा मैले सही सम्म गरी दिएको हुँ भन्ने समेत व्यहोराको बरामदी मुचुल्कामा लिला नेपालले मोरङ जिल्ला अदालतमा गरेको बकपत्र ।

३३. मैले सामान तथा रकम देखिन । प्रहरीले सहिछाप गरी दिनु होस भन्दा मैले सही सम्म गरेको हुँ । सो सम्बन्धमा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको बरामदी मुचुल्कामा सही गर्ने शंकरप्रसाद न्यौपानेले मोरङ जिल्ला अदालतमा गरेको बयान ।

३४. तास जुवा खेलेको मलाई थाहा छैन । पैसा कहाँबाट ल्याएर बरामद गरेको हो मलाई थाहा छैन । जुवा तास विषयको वस्तुस्थिति मुचुल्कामा सही गरी दिनु होस भन्दा मैले सही गरी दिएको हुँ भन्ने समेत वस्तुस्थिती मुचुल्कामा बस्ने मनोहर राज पाण्डेले मोरङ जिल्ला अदालतमा गरेको वकपत्र ।

३५. भाईराजाको घरमा अवैध तरिकाले जुवा तास खेलाई सुराक अनुसार म समेतको अधिकृतले टोली खटी गई कोठामा प्रवेश गरी सो कोठामा दुई खाल पैसाको बाजी थापी खेलाई रहेको अवस्थामा रु। ५२,१२८।– नगद, तास र सोमा प्रयोग गर्ने तन्ना, चकटी, इमरजेन्सी लाईट समेत बरामद गरेका थियौं भन्ने समेत व्यहोराको बरामदी मुचुल्कामा बस्ने प्र।ह। चन्द्र कार्कीले मोरङ जिल्ला अदालतमा गरेको वकपत्र ।

३६. आरोपित कसूरबाट प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मोरङ जिल्ला अदालतको मिति २०५७।२।४।४ को फैसला ।

३७. प्रतिवादीहरुले जुवा खेलेको र खेलाएको पुष्टि भएको अवस्थामा पनि प्रतिवादीहरुलाई अभियोग दावीबाट सफाई दिने ठहर्‍याएको शुरु फैसला त्रुटीपूर्ण हुँदा उल्टी बदर गरी प्रतिवादीहरुलाई अभियोग दावी अनुसार सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।

३८. तास र रुपैया समेत बरामद भै वादीका साक्षीले किटानी वकपत्र गरी दिएको र प्रतिवादी रोशन थापा समेतका केही प्रतिवादीहरुले रुपैंया हाम्रै हो भनी बयान समेत गरी रहेको अवस्थामा शुरुले गरेको फैसला फरक पर्ने देखिदा छलफलको लागि अ।वं। २०२ नं। बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालत विराटनगरको आदेश ।

३९. तासको मेरिज खेल सरसर्ती हेर्दा संयोगको आधारमा खेलिने खेल देखिन नआएको हुँदा तासको म्यारिज खेल जुवा ऐन, २०२० को परिभाषा भित्र परेको भनी मान्न मिल्ने देखिएन । बरामदी मुचुल्कामा बस्ने व्यक्तिले प्रतिवादीहरुले तास खेलेका हुन भनी किटानी साथ भन्न नसकेको, बरामदी मुचुल्कालाई पुष्ट्याई दिने किसिमको प्रमाण वादी पक्षबाट पेश हुन नसकेको हुँदा प्रतिवादीहरुलाई अभियोग दावीबाट सफाई दिने ठहराएको शुरु मोरङ्ग जिल्ला अदालतको इन्साफ मनासिव हुँदा सदर हुने ठहराई गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५८।४।११ को फैसला ।

४०. पुनरावेदन अदालतबाट तासको मेरिज खेल जुवा ऐनको परिभाषा भित्र पर्दैन । मेरिज खेल तास अन्तर्गत पर्दैन भनी गरेको पुनरावेदन अदालतको इन्साफ न्याय सँगत छैन । मेरिज तासमा पनि संयोज परेन भने तास मिल्न आउँदैन । तास मिलेन भने बाजी हुँदैन । बाजी भएन भने जसले बाजी गर्दछ बाजी गर्न नसक्नेले हार्दछ र हारे वापत पैसा तिर्नु पर्ने हुँदा तासको मेरिज खेललाई संयोगबाट नखेलिने भनी गरेको व्याख्या जुवा ऐन, २०२० को दफा २ को परिभाषा विपरीत छ । प्रतिवादी भाईराजाले बयान गर्दा बरामदी मुचुल्काको रकम आफ्नो हो भनी लेखाई सो मुचुल्काको अस्तित्वलाई स्वीकार गरेको अवस्थामा प्रतिवादीहरुको त्यस्तो स्वीकारोक्तिपूर्ण बरामदी मुचुल्कालाई प्रमाणमा ग्रहण नगरी गरिएको फैसला त्रुटीपूर्ण छ । बरामदी मुचुल्कामा बस्ने व्यक्तिहरुले बरामदी मुचुल्कामा भएको सही आफ्नो भनी स्वीकार गरेको अवस्था समेतबाट प्रतिवादीहरुले अभियोग दावी अनुसारको कसूर गरेको हुँदा निजहरुलाई अभियोग माग दावी अनुसार सजाय गर्नु पर्नेमा मेरिज खेल जुवा होइन भनी सफाई दिने ठहराएको पुनरावेदन अदालतको इन्साफ नमिलेकोले उल्टी गरी अभियोग माग दावी बमोजिम सजाय गरी पाउँ भनी अभियोग माग दावी बमोजिम सजाय गरी पाउँ भनी वादी नेपाल सरकारको तर्फबाट दोहोर्‍याई हेरि पाउँ भनी निवेदन परी सो निवेदनमा निस्सा प्रदान भै प्रस्तुत मुद्दा पुनरावेदनको रुपमा दर्ता हुन आएको छ ।

४१. यसमा जुवा ऐन, २०२० को दफा २ मा गरिएको परिभाषा अनुसार नै तासको म्यारिज खेलमा पनि बाजी थाप्ने र संयोगको आधारमा हारजित हुने र हार्नेले जित्नेलाई रकम भुक्तानी गर्ने खेल भएकोले पुनरावेदन अदालत विराटनगरबाट उक्त ऐनको दफा २ को परिभाषा भित्र म्यारिज खेल नपर्ने भनी मिति २०५८।४।११ मा भएको फैसलामा उक्त कानूनको व्याख्यात्मक त्रुटी देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड ९क० बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । कानून बमोजिम गर्नु भनी यस अदालतको संयुक्त इजलासबाट मिति २०५९।१०।१५ मा भएको आदेश ।

४२. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट महा न्यायाधिवक्ताको कार्यालयका उप न्यायाधीवक्ता शरद खड्काले मेरिज तासमा पनि संयोग नपरे बाजी हुन सक्दैन, बाजी भएन भने हार हुन्छ, जुन व्यक्तिले बाजी गर्न सक्दैन उसले बाजी गर्ने व्यक्तिलाई बाजी गरे बापत रकम दिनु पर्ने हुन्छ । यस्तो संयोगको भरमा हार जित हुने खेललाई पनि जुवा ऐन, २०२० को दफा २ को परिभाषा भित्र पर्दैन भनी गरेको पुनरावेदन अदालतको फैसला नमिलेकोले उल्टी हुनु पर्दछ भनी र विपक्षीहरुको तर्फबाट उपस्थित विद्वान अधिवक्ता दिपेन्द्र राज बस्नेतले विपक्षीहरु जुवा खेल्न नबसेको, जुवा खेली हारजित गरेको भन्ने दावी वादी पक्षबाट पुष्टि हुन नआएकोले पुनरावेदन अदालतबाट भएको फैसला मिलेकै हुँदा सदर हुनु पर्दछ भनी गर्नु भएको वहस समेत सुनियो ।

४३। अव पक्ष विपक्षको तर्फबाट प्रस्तुत हुन आएको बहस जिकिर, शुरु, रेकर्ड र मिसिल साथ संलग्न कागजातहरु अध्ययन गरी पुनरावेदन अदालतबाट अभियोग दावीबाट प्रतिवादीहरुलाई सफाई दिने गरी गरेको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत विराटनगरको इन्साफ मिले नमिले सम्बन्धमा निम्न प्रश्नहरुमा केन्द्रित रही निर्णय दिनु पर्ने हुन आयो ।

१. तासको मेरिज खेल जुवाको खेल हो वा होईन ?

२. प्रतिवादीहरुले अभियोग दावी अनुसारको कसूर गरेका हुन वा होइनन् रु र पुनरावेदन अदालतले गरेको इन्साफ मिलेको छ वा छैन रु

४४. निर्णय तर्फ विचार गर्दा, प्रतिवादी भाइराजा प्रधानले सम्पत्ति हार्ने जित्ने गरी तास खेलाई जुवा ऐन, २०२० को दफा ३९१० को कसूर गरेको देखिन आएको र अन्य प्रतिवादीले नगद हार्ने जित्ने गरी तास खेली सोही ऐनको सोही दफाको कसूर गरेको देखिन आएकोले सो कसूरमा पहिलो पटक कायम गरी प्रतिवादी भाईराजा प्रधानलाई उक्त ऐनको दफा ४९ख० र अन्य प्रतिवादीहरुलाई दफा ४९क० बमोजिम सजाय गरी पाउँ भन्ने अभियोग दावी भै चलेको प्रस्तुत मुद्दामा आरोपित कसूरबाट प्रतिवादीहरुले सफाई पाउने ठहराई गरेको शुरु मोरङ जिल्ला अदालतको इन्साफलाई सदर गरेको पुनरावेदन अदालत विराटनगरको इन्साफ उपर चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दोहोर्‍याई हेरी पाउँ भन्ने निवेदन परी सो निवेदन उपर कारवाही हुँदा अदालतको आदेशानुसार दोहोर्‍याई हेरी दिने निस्सा प्रदान भएको मिसिल संलग्न कागजातबाट देखिन्छ ।

४५। पहिलो प्रश्न तर्फ विचार गर्दा जुवा ऐन, २०२० को दफा २ मा “जुवा” भन्नाले “सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगका आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनु पर्दछ” भन्ने उल्लेख भएबाट के स्पष्ट हुन आउँदछ भने जुवा खेल खेल्नको लागि सम्पत्तिको हारजित, संयोग र खेल खेल्दा बाजी थाप्ने जस्ता कार्यहरुको विद्यमानता हुनु पर्दछ । अब मेरिज खेलमा यी तिन तत्व विद्यमान छन् वा छैन भन्ने सम्बन्धमा विवेचना गर्दा मेरिजको खेल खेल्दा खेलाडीहरुले यो यस्तो र त्यति रित पुर्याई खेल खेल्नु पर्दछ भन्ने कुनै मान्य एवं स्थापित नियम नभए पनि खेलाडीहरु बीच प्रचलनमा आएको, खेलाडीहरुले स्वीकार गरेको स्वःनिर्मित रीत रोहबाट एक आपसमा तास वाँडी खेल शुरु गर्दछन् । खेल खेल्नु भन्दा पहिले वाजी थापी वा नथापी खेल खेल्न शुरु हुन्छ । खेलमा एकले फालेको तास अर्काले लिँदा वा मूलतासबाट सट्टा गर्दा सधै भरी मिल्न आउँदैन । यो मिल्नु भनेको संयोगले मात्र हुन सक्दछ । मेरिज तासमा पनि तास मिलेन भने वाजी हुन सक्दैन । बाजी भएन भने जसले संयोग परी वाजी गर्दछ, वाजी गर्न नसक्नेले वाजी गर्नेलाई वाजी वापत धन सम्पत्ति राखेको भए सो राखेको धन, सम्पत्ति रुपैंया पैसा आदि दिनु पर्दछ । यसरी तासको मेरिज खेलमा पक्षहरुको बीचमा धन सम्पत्तिको हार जित हुने, संयोग नपर्ने पक्षले वाजी गर्न नसक्ने, संयोग परी वाजी गर्नेले वाजी गरे बापत धन, रुपैंया पैसा, सम्पत्ति प्राप्त गर्ने, वाजी गर्न नसक्नेले धन सम्पत्ति हार्ने जस्ता कार्यहरु तासको मेरिज खेलमा पनि विद्यमान हुने भएकोले तासको मेरिज खेललाई जुवा होइन भन्न सकिने अवस्था रहेन ।

४६। अव प्रतिवादीहरुले उल्लेख भए अनुसार धन सम्पत्ति रुपैंया पैसा बाजी राखी तासको मेरिज खेल खेलेका हुन वा होइनन् भन्ने दोश्रो प्रश्नको सम्बन्धमा विचार गर्दा अभियोग पत्रमा मूख्य रुपमा तास जुवा खेलाउने भनी उल्लेख भएका प्रतिवादी भाईराजा प्रधानले म बैंकको पूर्व म्यानेजर भएको नाताले र हाल विरामी भै घरबाट अन्यत्र जान नसक्ने भएको हुँदा मेरो पुराना कर्मचारी साथीहरु र व्यापारि साथीहरु मलाई घरमा भेट्न आएका हुन । मेरा घरमा खाल थापी धन आर्जन गर्ने मनसुवाले तास खेलाएको छैन, खेलेका पनि छैनन् ।

बरामदी मुचुल्कामा उल्लेख भएका तास प्रहरीले कहाँबाट ल्याए मलाई थाहा छैन भनी अनुसन्धान अधिकारी समक्ष बयान कागज गरेको देखिन्छ भने अदालतमा समेत मेरो घरबाट पैसा बरामद भएको होइन, प्रहरीले आफ्नो नगर प्रहरी कार्यालयमा लगि सकेपछि म र मेरो साथीहरुको पासबाट पैसा बरामद गरेका हुन भनी बयान गरेको पाइन्छ । अन्य प्रतिवादीहरुले पनि साथी भाईराजा प्रधान विरामी भएको कारणले निजलाई भेट्न भनी घरमा गएको हो, तास जुवा खेलेको होइन, बरामदी भएको भनेको तास बुक प्रहरीले कहाँबाट ल्याए हामीलाई थाहा भएन । बरामद भएको पैसा भने हाम्रो पैसा हो । उक्त पैसा नगर प्रहरीले हामीलाई पक्राउ गरी आफ्नो कार्यालयमा लगि सकेपछि हामीबाट बरामद गरेको हो भनी अदालत र अधिकार प्राप्त अधिकारी समक्ष बयान गरेको देखिन्छ । बरामदी मुचुल्कामा बस्ने व्यक्तिले अभियोग दावी अनुसार प्रतिवादीहरु तास खेलेका हुन भनी किटानी साथ लेखाउन सकेको पाईदैन । वस्तु स्थिती मुचुल्कामा बस्ने व्यक्तिहरु मध्ये मनोहरराज पाण्डे र गणेशप्रसाद भट्टराईले यी प्रतिवादीहरुले तास खेलेका होइनन् मुचुल्कामा सही गरी दिनु होस भनेकोले सही सम्म गरी दिएका हौं भनी अदालत समक्ष वकपत्र गरेका छन् ।

बरामद भएका सामानहरु प्रतिवादीहरु तास खेली रहेकै ठाउँबाट बरामद भएका हुन भन्ने ठोस सवुद प्रमाण वादी पक्षबाट गुजार्न सकेको देखिदैन । बरामदी मुचुल्कामा बस्ने लक्ष्मीप्रसाद निरौला समेतका व्यक्तिहरुले प्रतिवादीहरुबाट रकम बरामद भएको हामीहरुले देखेको होइन । केवल मुचुल्कामा वसि दिनु होस भनेकोले वसी दिएको हौं भनी अदालतमा आई वकपत्र गरी दिएका छन् । वादी पक्षबाट प्रतिवादीहरु मध्ये कोबाट कति रकम बरामद भएको हो किटानी साथ भन्न नसकेको अवस्थामा प्रतिवादीहरुले पैसाको हारजित हुने गरी तासको मेरिज खेल खेलेका हुन नै भन्ने कुरा माथि उल्लेखित आधार प्रमाणबाट पुष्टि हुन नआएबाट निजहरुले जुवा ऐन, २०२० को दफा ३९१० अनुसारको कसूर गरेको देखिन आएन ।

४७। तसर्थ तास, जुवा र रुपैंया पैसा बाजी राखी खेलिने तासको मेरिज खेल जुवा नै हो भन्ने एकिन भएतापनि प्रतिवादीहरुले तासको मेरिज खेल खेली जुवाको रुपमा वाजी थापी हारजित गरेको भन्ने अभियोग दावीमा उल्लेख भए अनुसार कुनै प्रमाणबाट पुष्टि हुन आएको नदेखिदा अभियोग दावीबाट सम्म सफाई पाउने ठहर गर्नु पर्नेमा तासको मेरिज खेललाई जुवाको परिभाषा भित्र नपर्ने भनी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सो हदसम्म केही उल्टी हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

उक्त रायमा सहमत छु ।

न्या।केदारप्रसाद गिरी

इजलास अधिकृत ९उपसचिव० मोहनराज भट्टराई

इति सम्वत् २०६३ साल माघ १ गते रोज २ शुभम‘‘। समाचार राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार